Перейти к содержимому

छन्द एक लय अनेक | भानुभक्त कुभिन्डेली, कृष्णशरण उपाध्याय र जयदेव गोविन्दका कविताहरू | अङ्क ६०८

छन्दसरिता Chhandasarita

0:00 / 0:00

छन्द एक लय अनेक | भानुभक्त कुभिन्डेली, कृष्णशरण उपाध्याय र जयदेव गोविन्दका कविताहरू | अङ्क ६०८

2 377 просмотров · 1 г. назад
छन्दसरिता Chhandasarita
1,86 тыс. подписчиков
2 377 просмотров · 1 г. назад
| भानुभक्त कुभिन्डेली, कृष्णशरण उपाध्याय र जयदेव गोविन्दका समछन्दका कविता शीर्षक : च्यातेर टालेपछि छन्द : शार्दूलविक्रीडित रचना : भानुभक्त कुभिण्डेली बाठो काग भयो भने बुझ तिमी विष्ठा नयाँ खोज्दछ छोडी स्वर्ग सफा सदा सुँगुरले फोहोर नै रोज्दछ लाटो लड्दछ एकपल्ट तर त्यो बाठो सयौँ लड्दछ आयो काल भने जता भिर ठुलो भैँसी त्यतै चढ्दछ ।। कालो चित्त भए चराचर सबै देखिन्छ कालो छवि हेर्ने दृष्टि सफा भए अवनि नै देख्ने उज्यालो रवि मान्छेमा कति के छ बुद्धि क्षमता देखाउँने हो त्यति कस्तो ज्ञान विवेक सोच बढिया आफ्नो भएको जति ।। मौरीले मह दिन्छ आखिर झिँगो दुर्गन्ध नै ल्याउँछ जस्तै घाँस दिऊँ परन्तु भन ए साँढे कहाँ ब्याउँछ पानीमा नुन गल्छ किन्तु नुनझैँ ढुङ्गो कहाँ गल्छ र रोपी नीम तितो, मिठो र गुलियो मेवा कहाँ फल्छ र मौरीले मह पार्छ पुष्प दगुरी आराम गर्दैन त्यो मान्छेले मह खान्छ किन्तु पिरले रोएर मर्दैन त्यो डोकामा दुध अट्न सक्छ कसरी को मूर्ख पत्याउला दौडी झट्ट गएर सिंह वनको पक्रेर को ल्याउला ॥ के नै मूल्य रहन्छ रूप नरही उग्लिन्छ मोती भने आफ्नो इज्जत के रहन्छ भिडमा खुस्किन्छ धोती भने सिङ्गो गेह अडिन्छ पूर्ण कसरी खम्बा निकालेपछि के राम्रो कपडा रहन्छ र नयाँ च्यातेर टालेपछि ॥ जति उन्नति गरे पनि कृष्णशरण उपाध्याय छन्द : शार्दूलविक्रीडित मान्छे चन्द्र चुमोस् तथापि सरिता , छल्कन्छ उस्तै गरी मान्छे उच्च बनोस् तथापि सविता , टल्कन्छ उस्तै गरी डुल्छन् मेघ उसै गरी गगन मा , बोकेर पानी कति उड्छन् चील - चरा यसै पवन मा , खोलेर आफ्नो गति १ चाहे व्यक्ति उडी पुगोस् गगन मा , ब्रह्माण्ड छोई फिरोस् चाहे भूमि चिरी पसोस् सुतल मा , पाताल भित्रै छिरोस् त्यो बेला पनि फूल मग्मग बनी , फुल्छन् अवश्यै यहाँ त्यो बेला पनि मूल कल्कल गरी ,खुल्छन् अवश्यै यहाँ २ झिक्ला मानव ले अहम् भुवन मा , विध्वंस मच्चाउला बन्ला दानव ऊ स्वयम् प्रकृति मा , झन् दुर्दशा ल्याउला त्यो बेला पनि न्याउली विरह का ,भाका उराल्छे यहाँ त्यो बेला पनि प्याउली गजब ले , फुल्छे र झुल्छे यहाँ ३ मान्छे ले जति उच्च उन्नति गरोस् , दामी र नामी बनोस् चाहे देव बनोस् कि सागर मथोस् ,या ऊर्ध्वगामी बनोस् त्यो बेला पनि कोइली वनवनै , डुल्छे रमाई कन बस्छे सुन्दर गौंथली गुँड छिरी , मस्ती जमाई कन ४ चाहे मानव ले चुनेर धरती , सम्पूर्ण खानी खनून् चाहे युद्ध गरेर देश जग का , पोली खरानी गरून् त्यो बेला पनि फूल मा बहकिँदै , मौरीहरू झुल्दछन् त्यो बेला पनि बाघ भालु वन मा , उस्तै गरी डुल्दछन् ५ #नेपालीसाहित्य #छन्द एक लय अनेक | भानुभक्त कु #dineshpandey #नेपालीसाहित्य #nepalisahitya #पढ्दापढ्दै #दिपा #दिनेश #प्रेम #कविता #छन्द भिन्डेली, कृष्णशरण उपाध्याय र जयदेव गोविन्दका एकै छन्दका कविताहरू :