Перейти к содержимому

Laghukatha Pratishthan Nepalko Deusi Bhailo Laghukatha Gan by Nandalal Acharya

Literature & Creation

0:00 / 0:00

Laghukatha Pratishthan Nepalko Deusi Bhailo Laghukatha Gan by Nandalal Acharya

1 020 просмотров · 5 дн. назад
Literature & Creation
290 подписчиков
1 020 просмотров · 5 дн. назад
#tiharsong #tihar #laghukathagan #shortvideo #shortstories लघुकथा प्रतिष्ठान, नेपालको देउसी–भैलो लघुकथा गान  देउसी भौलो लघुकथा गान नन्दलाल आचार्य  ए भन भन साथी हो! ए देउसीरे भन! ए लघु कथाको! ए देउसीरे भन! ए शब्दको झिलीमिली! ए स्वरको झिलीमिली! ए अनुभूतिको! ए झिलीमिली! ए लघु कथा प्रतिष्ठान! ए नेपालको! ए स्रष्टा र द्रष्टा! ए जुटेका हामी! ए लघु कथा सुनौँ ! ए लघु कथा सुनाऔँ ! ए हाँस्दै हाँस्दै! ए मन रमाऔँ! ए छोटो छ आकार! ए गहिरो विचार! ए थोरै शब्दमा! ए संसार अटाउँछ! ए मनका कुरा! ए लघु कथाले सुनाउँछ! ए समाजको ऐना! ए लघु कथा हाम्रो! ए शब्दको खेती! ए सर्जकको कर्म! ए कलमको मसी! ए विचारको धर्म! ए लघु कथा लेख्दा! ए निद्रा भाग्छ! ए पात्र बोल्दा! ए मनै जाग्छ! ए लघु कथा लेख्न बस्दा! ए चिया सेलाउँछ! ए अन्त्य मिलाउँदा! ए बिहान भइसक्छ! ए लघु कथाको! ए जयजयकार! ए स्रष्टा द्रष्टाको! ए नमस्कार! --- ए भन भन साथी हो! ए देउसीरे भन! ए विमर्शको बेला! ए जुटौँ न साथी! ए लघु कथा पढौँ! ए भाव बुझौँ! ए पात्रको पीडा! ए मनमा राखौँ! ए लघु कथाको मर्म! ए खोज्दै जाऔँ! ए लघु कथाको शिल्प! ए केलाउँदै जाऔँ! ए विमर्शमा! ए विचार खोलौँ! ए फरक मतलाई! ए सम्मान गरौँ! ए राम्रो पक्ष! ए खुलेर भनौँ! ए कमजोरीलाई! ए सुधार गरौँ! ए आलोचना गर्दा! ए मन नदुखाऊ! ए चित्त नबुझे! ए तर्क सुनाऊ! ए लघु कथा कमजोर! ए स्रष्टा होइन! ए एउटा रचना! ए अन्तिम होइन! ए विमर्शको मञ्च! ए विचारको खानी! ए कुरा बुझ्दा! ए खुल्छ जिन्दगानी! ए लघु कथा छोटो! ए बहस लामो! ए विमर्शपछि! ए चिया मागौँ! ए चिया मीठो! ए कुरा तीतो! ए विमर्शले! ए मन बनाउँछ नीतो! ए स्रष्टाको सम्मान! ए सिर्जनाको मान! ए लघु कथा विमर्श! ए हाम्रो अभियान! --- ए भन भन साथी हो! ए देउसीरे भन! ए लघु कथा प्रतिष्ठान! ए नेपालको! ए स्रष्टा द्रष्टा! ए सबैको! ए लघु कथा लेख्ने हात! ए कहिल्यै नथाकून्! ए लघु कथा पढ्ने मन! ए सधैँ रमाऊन्! ए शब्दको संसार! ए मौलाउँदै जाओस्! ए लघु कथाको! ए उज्यालो छाओस्! ए सर्जकको कलम! ए निरन्तर चलोस्! ए पाठकको मन! ए लघु कथामा डुलोस्! ए विमर्शको मञ्च! ए सधैँ सजियोस्! ए नयाँ नयाँ प्रतिभा! ए अघि बढून्! ए प्रतिष्ठानको! ए कीर्ति फैलियोस्! ए शब्द, स्वर, अनुभूति! ए त्रिवेणी बनोस्! ए लघु कथा प्रतिष्ठान! ए जयजयकार! ए देउसी खेल्दा! ए मन रमाओस्! ए लघु कथा सुन्दा! ए ज्ञान बढोस्! ए घरघरमा! ए सुख शान्ति छाओस्! ए स्रष्टा द्रष्टाको! ए आयु बढोस्! ए कलम चलोस्! ए सिर्जना फलोस्! ए लघु कथाको! ए फूल फुलोस्! ए यति नै भनौँ! ए देउसीरे! ए सबैलाई शुभकामना! ए देउसीरे! ए लघु कथा जिन्दाबाद! ए देउसीरे! ए लघुकथा प्रतिष्ठान! ए देउसीरे! ए लघु कथाको! ए जयजयकार! ए स्रष्टा द्रष्टाको! ए नमस्कार!