Перейти к содержимому

RAUTE COMMUNITY || THE LAST NOMADS OF NEPAL | आधुनिक समाजको राउटे | 'राउटे' समुदायको एक चिनारी

The Timeline

0:00 / 0:00

RAUTE COMMUNITY || THE LAST NOMADS OF NEPAL | आधुनिक समाजको राउटे | 'राउटे' समुदायको एक चिनारी

9 748 просмотров · 3 г. назад
The Timeline
6,81 тыс. подписчиков
9 748 просмотров · 3 г. назад
RAUTE COMMUNITY || THE LAST NOMADS OF NEPAL | आधुनिक समाजको राउटे | 'राउटे' समुदायको एक चिनारी OUR TEAM : Script Writer Nisha Karki Voice Over Arjun Dhami Graphics/Video Editor Nirajan Thapa Magar Director/Producer Jamin Rai SCRIPT: एसियाकै अनौठो जाति राउटे जाती नेपालमा बसोबास गर्ने दुर्लभ जाती अर्थात लोपन्मुख जाती मध्येको एक जाती हो, राउटे जाती । उनीहरुलाई बनको राजा भनेर पुकार्ने गरिन्छ । राउटेहरु कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने गर्दछन् । यिनिहरुको कुनै लिखित इतिहास नभएपनि एउटा साझा आधार भने छ । करिब ७ सय वर्षअघि कालिकोटको फुकोटबाट राउटेहरुको उत्पत्ति भएको मानिन्छ । उनीहरु स्वयम नै आफुहरु फुकोट राज्यमा शासन गर्ने राजा भएको ठोकुवा गर्दछन् । त्यहि भएर होला, राउटे समुदायले राजा अर्थात मुखिया मान्ने गरेका होलान् । राउटेहरुको मुखिया अर्थात नाइकेलाई मान बहादूर भनिन्छ । कम जाँडरक्सी खाने, सबैका विश्वासिला, टाठाबाठा र भन्नबोल्न सक्ने व्यक्तिलाई राउटे समुदायले मुखियाका रूपमा चुन्ने गर्दछन् । मुखियाको काम भने जनताका समस्या र पिरमर्का बुझेर समाधानका लागि आवश्यक पहल गर्ने रहेको छ । मुखियाले भत्ता र रासन ल्याउन पहल गर्ने, झैझगडा हुन नदिने, झैझगडा भए मिलाउने, धेरै रक्सी खानु हुँदैन भनेर सम्झाउने र अप्ठ्यारो पर्दा साथ र सहयोग दिने काम गर्छन । घर बनाउन नसक्ने बूढाबूढीका घर बनाइदिने र बजारबाट रासन पानी ल्याउन नसक्नेलाई पनि मुखियाहरुले सघाउँछन् । राउटेहरुको आफ्नै छुट्टै खानपान र जीवनशैली छ । यिनिहरू प्रायः जसो बाँदर तथा अन्य जङ्गली जनावरको सिकार गर्ने, कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने गर्दछन्। उनीहरु दिगो तरिकाले एकै ठाउँमा कहिल्यै बस्दैन् । उनी एक ठाउँमा बढी बसे करिब ५ महिना मात्र बस्छन् । घुमन्ते जीवन विताउन असाध्यै मन पराउने भएकाले उनीहरु कहिले तराई, कहिले हिमाल, त कहिले पहाड चढ्ने गर्दछन् । उनीहरु बर्खायाममा अलि अग्लो र भिरालो ठाउँमा बस्छन् भने हिउँदमा बेशी झर्छन, अनि गर्मी बढ्न थालेपछि विस्तारै चिसो ठाउँ तर्फ लाग्ने गर्दछन् । उनीहरुको आफ्नै भाषाशैली छ । उनीहरुले खाम्से भाषा बोल्छन् । तर उनीहरुले नेपाली खस भाषा र आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्ने र बुझ्ने गर्दछन् । उनीहरुको विवाह भने आफ्नै जातीसँग मात्र गर्न मिल्छरे । अन्य जातीसँग भने विवाह गर्न पाइँदैन । राउटेहरुले कर, तिरो तिरेर, खेतीपाती गरेर, गाउँमा बस्नुलाई र अर्काको सित्तैमा खानुलाई अपराध सम्झन्छन् । उनीहरुले खोला वा तालको पानी कहिल्यै खाँदैनन । उनीहरु मूल अर्थात जरुवाको पानी मात्र खाने गर्दछन् । सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन । उनीहरु हिन्दू धर्म मान्ने गर्दछन् । उनीहरुले विशेष गरी दशैँ, साउने संक्रान्ति र माघे संक्रान्ति मनाउने गर्दछ । उनीहरुले आफ्नै कुलदेवता भूयार र दारे मष्टाको पूजा अनिवार्य रूपमा गर्छन । सूर्यलाई मुख्य देवता माने पनि उनीहरुले पूजा भने गर्दैनन । राउटेहरुमा हाम्रो समाजको जस्तो घरका सदस्यको मृत्यु पश्चात बरखी र श्राद्ध गर्ने चलन हुँदैन । मानिस मरेकै दिन बाँदर मार्ने जालले लासलाई बेरेर गाड्छन अनि त्यो ठाउँ तुरून्त छोडेर अन्यन्त्र सर्ने गर्दछन् किनकी मान्छे मरेपछि त्यो ठाउँलाई उनीहरुले अशुभ मान्ने गर्दछन् । राउटे समुदायको आफ्नै पहिरन छ । पुरुषले टोपी, फेटा, लंगौटी, कछाड, खाडि , गादो लगाउँछन् । महिलाहरुले चोली, फरिया, गादोका साथै फलाम र पित्तलका गहना लगाउँने गर्दछन् । एक बचनमात्र बोल्ने, पैसा छोए पाप लाग्ने, आधुनिक चिकित्सापद्धतीमा विश्वास नगर्ने राउटे समुदायमा अहिले भने धेरै परिवर्तन आएको छ । यीनीहरुले अहिले पैसाको कारोबार गर्नुका साथसाथै सामान्य चोट पटक लाग्दा समेत स्वास्थ्यकर्मी गुर्हाछन् । त्यतिमात्र हैन, उनीहरुले अहिले मोबाइल फोनको समेत प्रयोग गर्न थालेका छन् । पहिले–पहिले बाक्लो समाज मन नपराउने र समाजका मानिसहरूबाट टाढा रहने यो समुदाय आजभोलि समुदाय नजिक बसोबास गर्न थालेका छन् । राउटेहरु विस्तारै आधुनिक समाजमा स्थापित हुने अभ्यासमा छन् । यसबाट उनीहरु पनि परिवर्तनको बाटोमा छन् भन्ने पुष्टि हुन्छ । राउटेहरूको संख्या धेरै नै कम छ । जम्माजम्मी ६ सय ५० राउटेहरू कर्णाली र महाकालीको जलाधार क्षेत्रमा बसोबास गर्ने गरेको अनुमान गरिन्छ । राउटे समुदायको आफ्नै कानुन छ । उनीहरुले हाम्रो समाजको कानुन मान्दैनन् । राउटे समुदायलाई न भविष्यको भय छ, न विगतको पश्चाताप ! कहाँ पुग्ने ठेगान छैन् । तर उनीहरुको जिग्दगी भने पानी झैँ बगिरहेको छ । राउटे जाती एसियाकै अनौठो जाति पनि हो । त्यसैले यिनिहरुको अस्तित्व बचाउनुपर्ने आवश्यक छ । हामीहरुले राउटेहरुको जिवन पद्धतीमा परिवर्तन ल्याइ सामाजिक क्रियाकलाप र संस्कारमा रुपान्तरण गर्नेतर्फ जोड दिऔँ । यसमा सरकारी, गैरसरकारी निकाय तथा अन्य सरोकारवाला निकायको पनि ध्यान जाओस् ।