हाम्रो आधुनिकता(hamro adhunikta)Poet: kamal(Spandan)recitation :Rachana Dangal video: Alizza Ghimire
alinaya
0:00 / 0:00
हाम्रो आधुनिकता(hamro adhunikta)Poet: kamal(Spandan)recitation :Rachana Dangal video: Alizza Ghimire
3 020 просмотров · 5 лет назад
alinaya
1,43 тыс. подписчиков
3 020 просмотров · 5 лет назад
The poem recited in this video is sent by our viewer (kamal(spandan)).
We are very pleased to make this video and are looking for more creations.
DEAR VIEWERS: WE WELCOME YOUR CREATIONS... send your arts and literature..
you can contact us from or email: banjadebr8848@gmail.com
The poem is given below:
हाम्रो आधुनिकता:
चौतारी अब चाहिएन नजिकै जोत्तैगयौ डोजर
अग्लो पीपल चाहिएन बर झन् पारीदियौ सोत्तर
ती आधार थिए नि भूमि जल वा हावा कडा धूपको
यौटा धूपि सजाउने अब यहाँ संस्कार नौलो छ यो । १।
छाया शीतल चाहिएन न यहाँ खाँचो कुनै ओतको
सोच्ने चेत नवीन जोश उनको के मूल्य प्राचीनको ,
मिल्काएर सबै विचार घरको अर्को त्यसै मिल्छ रे ,
मै बाँकी नहुँदा खुशी गजबको सर्वत्र पाईन्छ रे ।२।
माया प्रेम छुटे विवेक करुणा आस्था ढलेको दिल,
ढुंगाझैँ सब ठोस हुन्छ जगतै त्यो हो नयाँ मंजिल,
हिंसा वर्वरता स्वभाविक हुने, संबोधि चाहिन्न है,
हामी मानव देखिए भइगयो, सौन्दर्य चाहिन्न है । ३।
बासी भो सब ईतिहास तिनको च्यातेर पानाहरू,
ब्यर्थै लाग्छ कला र संस्कृतिहरू आफ्ना चिनारीहरू ,
सल्काई सब सम्पदा दनदनी तापेर आगो जब,
मान्छौ त्यो अति उच्च आधुनिकता तिम्रो छ के खै अब ? ४।
ढाल्यौ सालिक देश एक जसले जोडे बनाए नयाँ,
भन्थे 'यो अब चारजात सबको साझा बँगैचा भया ।
' रोएनौ नि असंख्य खंड जब भो जाती र भाँती भनि,
देशै सुस्त कतै हराउछ कि खै चिन्ता कहाँ के छ नि ? ५।
जो आफ्नो अब छैन काम अरूकै भाषा सिकी गर्बिलो,
मीठो छैन नि खानपान घरको - सुक्खा लिई फूर्तिलो,
देख्दा गज्जब लाग्छ उच्च कदको खोक्रो कतै छौँ कि त,
भत्केको दिन दुख्छ सन्तुलन यो आफ्नो र अर्को सित । ६।
जो सम्पत्ति थियो सकेर कसरी भोका र नांगा भयौ,
सोध्दैनौ किन प्रश्न एक अहिले पुर्खाहरू को थिए ?,
सुम्पी ज्यान लडेर शत्रुसँग ती हार्दै नहारी गए,
सुम्पी आज त स्वाभिमान सब यी कस्तो निकम्मा भएं? ७।
मिल्काई घरको जगै अनि कता खोज्ने नयाँ मृत्तिका,
भत्काई गुँड बास बस्न सजिलो जाने कहाँ को सित?
भोकोपेट दिमाग रिक्त जब भो चैतन्य सारा गयो,
हाम्रो कर्म सुदूरसम्म पछुतो पार्ने निकम्मा भयो । ८।
स्पन्दन: १९ आश्विन २०७७ (क्यानडा)
#nepalipoem #chhandabachan #poem