Перейти к содержимому

बडा दसैं !!!

AjAy Mix Up

0:00 / 0:00

बडा दसैं !!!

170 просмотров · 9 дн. назад
AjAy Mix Up
214 подписчиков
170 просмотров · 9 дн. назад
🌺 बिजयादशमी (बडा दसैंको टीका): महत्त्व र बिशेषता 🌺 बिजयादशमी नेपाली समाजको एक प्रमुख सांस्कृतिक तथा धार्मिक पर्ब हो। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको बिजयको प्रतीकका रुपमा यो पर्ब मनाइन्छ। धार्मिक मान्यताअनुसार, नौ दिनसम्म देबी दुर्गाको आराधना गरेपछि दसौं दिन आसुर महिषासुरमाथि बिजय प्राप्त भएको सम्झनामा बिजयादशमी मनाइन्छ। त्यस्तै, भगवान् रामले रावणमाथि बिजय प्राप्त गरेको प्रसंग पनि यस पर्बसंग जोडिएको छ। यस दिन ठूला-बड़ाको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्बाद लिने परम्परा छ। जमराले समृद्धि, नया जीवन र सकारात्मक उर्जाको प्रतीकात्मक अर्थ बोकेको छ। टाढा-टाढा रहेका परिवारजन एकै ठाउमा भेला हुनु, आपसी मनमुटाव बिर्सनु, दुःख–सुख बाड्नु र सम्बन्धलाई अझ प्रगाढ बनाउनु यस पर्बका सुन्दर पक्ष हुन्। दसैं केवल टीका र जमरामा मात्र सीमित छैन। यो पारिवारिक मिलन, सामाजिक सद्भाव, आपसी क्षमा, सम्मान र आत्मीयताको पर्ब पनि हो। चंगा उडाउने, पिंग खेल्ने, घर-आंगन सफा गर्ने र बिभिन्न मिष्ठान्न परिकार, मासुहरु बनाएर रमाइलो गर्ने परम्पराले यस पर्बलाई अझ उल्लासमय बनाउछ। बिजयादशमीको वास्तविक महत्त्व निधारमा सजिएको टीकामा मात्र होइन, हाम्रो ब्यवहारमा झल्किने सत्य, संस्कार, सद्भाव र मानवतामा पनि निहित छ। आउनुहोस्, यस पावन अवसरमा पुराना कटुता बिर्सेर प्रेम, शान्ति, एकता र सद्भावको भावना फैलाऔ। 🙏 सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा इष्टमित्रहरूमा बिजयादशमी (बडा दसैँ) को हार्दिक मंगलमय शुभकामना! 🌺 अजय ‘प्रण’ बक्पु