TAJA BACHAN | परमेश्वरको अदृश्य कार्य | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 17 SEP. 2026
TAJA BACHAN HD
0:00 / 0:00
TAJA BACHAN | परमेश्वरको अदृश्य कार्य | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 17 SEP. 2026
43 просмотра · 2 недели назад
TAJA BACHAN HD
243 подписчика
43 просмотра · 2 недели назад
शीर्षकः परमेश्वरको अदृश्य कार्य
मितिः बिहीबार – ०१ असोज २०८३ /17 September 2026
हरेक मानिसको जीवनमा यस्ता समयहरू आउँछन्, तब तपाईलई परमेश्वर हराउनुभएको जस्तो लाग्छ । सिद्धान्तमा मात्र होइन, जीवनको वास्तविक अनुभवमै पनि यस्तो हुन्छ । तपाईं सही कामहरू गरिरहनुहुन्छ — प्रार्थना गर्नुहुन्छ, सेवा गर्नुहुन्छ, निरन्तर आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ — तर पनि सबै कुरा टुक्राटुक्रा भएर बिग्रन थाल्छन् । तपाईंले उहाँको हातले गरिरहनुभएको कामलाई बुझ्न सक्नुहुन्न, उहाँको उपस्थितिको अनुभूति गर्न सक्नुहुन्न, र उहाँको मौनताको काराण उहाँले तपाईलाई छोड्नु भएको जस्तो लाग्छ ।
भारतमा मिसनरीका रूपमा सेवा गरेकी एमी कार्माइकलले एकपटक आफ्नो बिरामी अवस्थाको शय्याबाट लेखेकी थिइन्, “परमेश्वरले मलाई कहिल्यै असफल पार्नुभएको छैन, र उहाँले तपाईंलाई पनि असफल पार्नुहुनेछैन ।” आफ्नो जीवनका अन्तिम बीस वर्षसम्म उनी लडेर घाइते भएपछि ओछ्यानमै सीमित रहिन् — उनको सेवकाइ रोकियो, र उनको शारीरिक शक्ति पनि शिथिल र कमजोर भयो ।
तर त्यो लामो मौनताको बीचमा पनि उनले लेखिरहिन्, प्रार्थना गरिरहिन् र परमेश्वरमा भरोसा गरिरहिन् । त्यस अन्धकारबाट यस्ता पुस्तकहरू जन्मिए, जसले त्यस समयदेखि यता अनगिन्ती मानिसहरूलाई प्रेरणा दिएका छन् । पछाडि फर्केर हेर्दा उनले बुझिन् कि परमेश्वरले उनको कामलाई मात्र होइन, उनको हृदयलाई सुसज्जित गरिरहनुभएको रहेछ ।
अय्यूब २३ः१० — “तर परमेश्वरले मेरो बाटो जान्नुहुन्छ । उहाँले मलाई जाँच्नुहुन्छ, र म सुनझैँ शुद्ध भएर निस्कनेछु ।”
अय्यूबले आराम र सुखको अवस्थामा बसेर यी कुरा भनेका थिएनन्; उनी वास्तवमै खरानीमा बसेर बोलिरहेका थिए । उनले आफ्ना छोराछोरी, सम्पत्ति, स्वास्थ्य, घर र प्रतिष्ठा — उनको जीवनलाई सुरक्षा र आनन्द दिने सबै कुरा — गुमाइसकेका थिए । अनि यी सबैको बीचमा उनले परमेश्वरलाई कतै भेट्टाउन सकेनन् । तैपनि, आफूले देख्न नसकेको कुराभित्र पनि परमेश्वरले काम गरिरहनुभएको छ भन्ने कुरामा उनले भरोसा गरे ।
यही नै विश्वासको विरोधाभास होः जब उहाँ सबैभन्दा मौन हुनुहुन्छ जस्तो लाग्छ, परमेश्वर प्रायः त्यतिबेला आफ्नो सबैभन्दा गहिरो काम गर्नुहुन्छ,। परीक्षाले तपाईंको कमजोरीलाई मात्र उजागर गर्दैन — यसले तपाईंमा रहेको उहाँको सामथ्र्यलाई प्रकट गर्छ ।
म पनि निश्चय नै यस्ता समयहरूबाट गुज्रिएको छु, जसले आज म जे छु, त्यसलाई निर्माण गरेका छन् । निश्चय नै, तपाईं पनि यस्ता समयहरूबाट गुज्रनुभएको होला । सम्भवतः तपाईं अहिले पनि त्यस्तै कुनै समयबाट गुज्रिरहनुभएको हुन सक्छ ।
त्यसैले आज, यदि तपाईं अन्धकारको बाटो भएर हिँडिरहनुभएको छ भने, उहाँको उपस्थितिको अनुभूति गर्न खोजिरहन छोड्नुहोस् र उहाँ त्यहाँ हुनुहुन्छ भन्ने कुरामा भरोसा गर्न सुरु गर्नुहोस् । किनकि मौनताको बीचमा पनि परमेश्वरले सुनलाई शुद्ध पारिरहनुभएको हुन्छ ।
परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् ।
यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ ।
अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद !
Please! Like/Follow/Subscribe/Share
Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.”
YouTube Channel: TAJA BACHAN HD
TikTok: TAJA BACHAN HD
Facebook Page: Taja Bachan Daily Devotional
WhatsApp No: +9779804144029
Email: tajabachan@gmail.com
Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal
“Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.”
Nanda Kumar Rai