Перейти к содержимому

खाली खुट्टा हिड्ने सोफिया, जो अमेरिकी कर्पोरेट दुनियाँ छोडेर यौगिक जीवन बाँचीरहेकी छिन...

Babita Basnet

0:00 / 0:00

खाली खुट्टा हिड्ने सोफिया, जो अमेरिकी कर्पोरेट दुनियाँ छोडेर यौगिक जीवन बाँचीरहेकी छिन...

1 865 просмотров · 16 часов назад
Babita Basnet
24,8 тыс. подписчиков
1 865 просмотров · 16 часов назад
अमेरिकाको दक्षिण क्यालीफोर्नियामा जन्मिएकी सोफिया भ्यान सर्कसन चार बर्ष अघिसम्म त्याहाँको कर्पोरेट दुनियाँमा रहेर इभेन्ट म्यानेजरको रुपमा बिभिन्न कार्यक्रमको ब्यवस्थापन गर्थिन । आफू भित्रको संसार चिन्ने क्रममा उनी अनायसै हिन्दु धर्म र अध्यात्मसंग निकट भईन । भगवान शिबकी भक्त उनी प्रायः ओम नमः शिवाय भनिरहेकी हुन्छिन । हिन्दु दर्शन, संस्कृति र अभ्यासबाट प्रभावित उनले नेपाल र भारतका बिभिन्न धार्मिक र आध्यात्मिक स्थलहरुको भ्रमण गरेकी छिन । कैलाश भ्रमणका क्रममा यस पटक नेपाल आएकी उनले बुढानिलकण्ठ स्थित बिपश्यना ध्यान केन्द्रमा दश दिन ध्यान गरिन । नेपाल र भारतका देव स्थलहरु अहिले उनका लागि सबैभन्दा प्रिय ठाउँहरु हुन । उनी कसरी शिबभक्त बनिन? सधै खाली खुट्टा हिडिछन किन? प्रस्तुत छ, अहिले अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आएकी सोफियासंग गरिएको कुराकानी समय भित्रको समय -२१७ #babitabasnet #samayabhitrakosamay Babita Basnet With Sofia Van Surksun Technical Support: Basant Pokhrel