Subodh Gautam New Comedy | सुबोध गौतम - "सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१"
Sanskritik Sansthan
0:00 / 0:00
Subodh Gautam New Comedy | सुबोध गौतम - "सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१"
1 007 178 просмотров · 1 год назад
Sanskritik Sansthan
66,7 тыс. подписчиков
1 007 178 просмотров · 1 год назад
Cultural Corporation Presents : -
"सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१"
मिति २०८१ माघ ८ गते, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यूको प्रमुख आतिथ्यतामा “सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१” सभ्य-भव्य रूपमा सम्पन्न भएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यूको १ वर्षे कार्यकाल पुरा भएको अवसरमा आयोजित सो समारोहमा मिति २०८० माघ ८ गते देखि मिति २०८१ माघ ८ गते सम्म एक वर्षको समयमा गरिएका प्रमुख उपलब्धिहरू समावेश गरिएको बुलेटिन पत्रिका “नेपाली संस्कृति” वर्ष २५, अंक २ प्रमुख अतिथि मा.मन्त्री ज्यूको हात बाट विमोचन गरिएको छ । सोही कार्यक्रम मार्फत निकायगत रूपमा सिर्जनशील क्रियाकलापका लागि अपरिहार्य रहेको लोकगीत, लोकधून, लोकनाट्य पार्श्वधून तथा समग्र नेपाली संस्कृति सम्बन्धी श्रव्य सामग्री उत्पादन र व्यावसायिक रूपमा उत्पादनमैत्री क्रियाकलाप गर्ने उद्देश्यका साथ संस्थानको नवनिर्मित 'सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियो'को पनि प्रमुख अतिथि मा.मन्त्री ज्यू बाट समुद्घाटन सु-सम्पन्न गरिएको छ । प्रत्येक महिनाको अन्तिम शुक्रबार बाह्रै महिना नियमित रूपमा प्रदर्शन गर्ने उद्देश्यले सात प्रदेशको संस्कृति तथा हास्य रस सम्मिश्रण सहितको स्वस्थ मनोरञ्जनमूलक सांस्कृतिक कार्यक्रम “मन-मनमा संस्कृति, ओठ-ओठमा हाँसो” समेत प्रमुख अतिथि मा. मन्त्री ज्यू बाट समुद्घाटन गरिएको छ ।
लोकप्रिय हास्य कलाकार सुरेन्द्र केसी (मुला साग), शिव शंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोख्रेल, सुबोध गौतम (एदुमे) र दिनेश काफ्ले (हाउडे दाइ) को रोचक प्रस्तुति रहेको थियो । लोकप्रिय गायक/गायिका शर्मिला गुरुङ र रामजी खाँणले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थानका कलाकारद्वारा राष्ट्रप्रेमले ओतप्रोत प्रस्तुति तथा लघु नाटिका ‘अछोप’ प्रस्तुत गरेका थिए भने सात प्रदेशको प्रतिनिधित्व हुने गरी भुमे (नाम्क) नाच, भुओ नाच, कौरा नाच, साकेला जस्ता अमूर्त संस्कृति प्रदर्शन गरिएको थियो । साथै कार्यक्रममा रैथाने कृषि उत्पादन समेत प्रदर्शनी गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय श्री नारदमणी हार्तम्छाली ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो भने नेपाल सरकारका विभिन्न निकाय प्रमुखहरू, नेपाल सरकारका श्रीमान् सचिव, सहसचिव, उपसचिव, विभिन्न संघसंस्था प्रमुख, समाजसेवी आदिको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थितिले मेगा प्रेक्षालय भरिएको तथा सिटको समेत अपुग भएको थियो । कार्यक्रममा महाप्रबन्धक श्री किरण बाबु पुन ज्यूले विशेष सम्बोधन गर्नु हुँदै आफ्नो १ वर्षे कार्यकालको समीक्षा गर्दै आफूले भोगेका कुराहरू सँगै प्रमुख उपलब्धि बारे बताउँदै गर्दा उहाँले प्रस्तुत गरेको गजलरुपी भावनाले उपस्थित जनमनलाई भावुक बनाएको थियो । सम्बोधनमा सांस्कृतिक संस्थानका समस्या, चुनौती, सम्भावना तथा दीर्घकालीन सोच बारे प्रष्ट पारिएको थियो ।
कार्यक्रम : "सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१"
प्रस्तुति : हास्य व्यङ्ग्य
कलाकार : सुबोध गौतम (एदुमे)
आयोजक : सांस्कृतिक संस्थान, जमल, काठमाडौँ ।
#sanskritiksansthan #subodhgautam #एदुमे #nepalicomedy #comedy #trending #newnepalicomedyvideo #rastriyanachghar
visit our website :- www.sanskritiksansthan.gov.np
Contact Number - 01-5321194
यस च्यानलमा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.