Перейти к содержимому

घुम्न जाउँला तीनबैनी लेकैमा

Narendra K C

0:00 / 0:00

घुम्न जाउँला तीनबैनी लेकैमा

1 213 просмотров · 5 дн. назад
Narendra K C
848 подписчиков
1 213 просмотров · 5 дн. назад
शब्दः नरेन्द्र केसी संगीत/स्वरः एआई घुम्न जाउँला तीनबैनी लेकैमा गाउँला गीत रुकुमेली भाकैमा चुनथामलाई नाघेर, टिलाडाँडा काटेर गाउँला गीत रुकुमेली भाकैमा लाउँला माया सिस्नेको काखैमा । मुसीकोट गाडी चढी झुल्खेतमा पुगौँला चौखाबाङलाई चौखे हान्दै, होलपातल काटौँला वीर सहिद कामी बुढा , सलामी चढाउँला डेलडाँडामा ढल्की नाच्दै, झोलुङ्गे पुल तरौँला । घुम्न जाउँला तीनबैनी लेकैमा गाउँला गीत रुकुमेली भाकैमा चुनथामलाई नाघेर, टिलाडाँडा काटेर गाउँला गीत रुकुमेली भाकैमा लाउँला माया सिस्नेको काखैमा । ठारीखोली जंगलैमा सिद्धमाईलाई भाकेर देवस्थलामा पानी पिउँदै, ठूलापोखरा नाघेर टिलाडाँडा पुगेपछि चुनथामतिर सोझिउँला डाँडाकाँडा गर्दै माया, तीनबैनीमा भेटिउँला । घुम्न जाउँला तीनबैनी लेकैमा गाउँला गीत रुकुमेली भाकैमा चुनथामलाई नाघेर, टिलाडाँडा काटेर गाउँला गीत रुकुमेली भाकैमा लाउँला माया सिस्नेको काखैमा । सिस्ने हिमाल हाँसेको हेरौँला मानाभरे, पाथीभरे आँखैमा भरौँला बराह मन्दिर जाउँला, मनको भाकल सुनाउँला दुई रुकुम र एक रोल्पालाई एक नजरमै हेरौँला । मनको भारी बिसाउँला, मायाको फूल फुलाउँला तीनबैनीको सुन्दरतामा रमाउँदै हराउँला । घुम्न जाउँला तीनबैनी लेकैमा गाउँला गीत रुकुमेली भाकैमा चुनथामलाई नाघेर, टिलाडाँडा काटेर गाउँला गीत रुकुमेली भाकैमा लाउँला माया सिस्नेको काखैमा । #NarendraKC