गाई गोठ र जैविक सुरक्षा
Heifer International Nepal
0:00 / 0:00
गाई गोठ र जैविक सुरक्षा
74 просмотра · 7 дней назад
Heifer International Nepal
564 подписчика
74 просмотра · 7 дней назад
हेफर इन्टरनेशनल नेपाल-मिल्की वे कार्यक्रम
जलावायुमैत्री गाईभैंसी पालनसम्बन्धी श्रव्य-दृश्य तालिम तथा ज्ञान सामग्री
हेफर इन्टरनेशनल नेपालले मिल्की वे कार्यक्रम अन्तर्गत गाईभैंसी पालक कृषकहरूको ज्ञान तथा सीप अभिबृदी गर्न र प्राविधिकहरूलाई कृषकस्तरीय तालिम सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले जलावायुमैत्री असल गाईभैंसी पालनसम्बन्धी श्रव्य-दृश्य तालिम तथा ज्ञान सामग्री तयार गरेको छ।
यस शृङ्खलामा:
१. जलवायु मैत्री पशुपालन
२. गाईको गोठ र जैविक सुरक्षा,
३. गाईभैंसी पालनमा आहारा व्यवस्थापन
४. थुनेलो रोग
५. स्वच्छ दुध उत्पादन र ढुवानी
६. कृत्रिम गर्भाधान गर्दा कृषक र प्राविधिकले अपनाउनुपर्ने विधि र सावधानीहरु
७. ब्यावसायिक सफलताका लागि घाँस खेति
८. गाईभैंसीको प्रजनन व्यवस्थापन
९. विभिन्न उमेर र अवस्थाका पशुको हेरचाह र व्यवस्थापन र
१०. गाईभैंसी छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरु जस्ता विषयहरू समेटिएका छन् ।
यी सामग्रीले कृषकहरूलाई व्यवहारिक ज्ञान तथा सीप प्रदान गर्नुका साथै पशु स्वास्थ्य, उत्पादन तथा उत्पादकत्व सुधार र व्यावसायिक गाईभैंसी पालनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।