Перейти к содержимому

रगतद्वारा स्थापित करार र माता | माता परमेश्वर

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

0:00 / 0:00

रगतद्वारा स्थापित करार र माता | माता परमेश्वर

12 298 просмотров · 3 года назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
58,3 тыс. подписчиков
12 298 просмотров · 3 года назад
[मानव-जातिले गरेको सबैभन्दा ठूलो पाप के हो, र पाप-क्षमाको निम्ति सट्टामा को बलि हुनुभयो ?] स्वर्गमा अत्यन्तै महिमित स्थानमा रहेका लुसिफर स्वर्गदूत र टुरोसका राजाले परमेश्वरलाई भन्दा पनि आफूलाई अझ उच्च पारेको तिनीहरूको घमण्डका कारण तिनीहरूले परमेश्वरलाई धोका दिए । योजस्तै स्वर्गमा पाप गरेर यस पृथ्वीमा धपाइएका सम्पूर्ण मानव-जातिहरू नरकको दण्डको भागीदार भए । तर परमेश्वर स्वयम् प्रत्येक आराधनामा पापबलिको रूपमा अर्पण हुनुभएर हाम्रो पाप क्षमा गरिदिनुभयो । [चाडलाई सही तरिकाले महसुस गरेर मानेर पाप-क्षमाको अनुग्रह प्राप्त गरेको ‘परमेश्वरको मण्डली’] मोशाको समयदेखि लिएर येशूज्यूको समय, करिब १,५०० वर्षसम्म शबाथ-दिन लगायत अन्य प्रत्येक चाडहरूमा भाले र पोथी पशुको बलिदानको रगतद्वारा परमेश्वरले हाम्रा पाप क्षमा गरिदिनुभएको छ । यसरी परमेश्वरले पुरानो करारद्वारा हामीलाई नयाँ कराको वास्तविकता हुनुभएकी माता परमेश्वरको प्रेम र बलिदान जान्ने गराउनुभएर, क्रूसमा रगत बगाउनुभएका ख्रीष्ट आन साङ होङज्यूको बलिदान नै मानव-जातिप्रतिको उहाँको प्रेम थियो भन्ने कुरा गवाहीस्वरूप देखाइदिनुभयो । [गन्ती १९:९] “कुनै एक जना शुद्ध मानिसले त्यस कोरलीको खरानी बटुलेर छाउनीदेखि बाहिर कुनै शुद्ध ठाउँमा शुद्धीकरणका पानीको निम्ति इस्राएली समुदायले त्यो राखिओस् । त्यो पाप-शुद्धिको निम्ति हो ।” [गन्ती १५:२७] “ ‘यदि कुनै एक जना मानिसले अजानमा पाप गऱ्यो भने, त्यसले एउटा एक वर्षे बाख्राकी पाठी चढाओस् ।’ ” [यशैया ५०:१] परमप्रभु यसो भन्नुहुन्छ, “मैले त्यसलाई त्यागेपछि दिएको तेरी आमाको त्यागपत्र कहाँ छ ? अथवा मैले तिमीहरूलाई कुन साहूकारको हातमा बेचें ? तिमीहरूकै पापहरूले गर्दा तिमीहरू बेचियौ, र तिमीहरूकै अपराधहरूको कारण तिमीहरूकी आमा त्यागिएकी हो । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne