TAJA BACHAN | कमजोर हुनु असफलता होइन | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 24 SEP. 2026
TAJA BACHAN HD
0:00 / 0:00
TAJA BACHAN | कमजोर हुनु असफलता होइन | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 24 SEP. 2026
32 просмотра · 4 дня назад
TAJA BACHAN HD
243 подписчика
32 просмотра · 4 дня назад
शीर्षकः कमजोर हुनु असफलता होइन
मितिः बिहीबार – ०८ असोज २०८३ /24 September 2026
के तपाईंलाई कहिलेकाहीँ आपूm अब टुट्नै लागेजस्तो महसुस हुन्छ ? तपाईं अरू सबैका अगाडि आफूलाई सम्हालेर राख्न हरसम्भव प्रयास गर्नुहुन्छ — तर भित्रभित्रै तपाईं थकित हुनुहुन्छ, दबाबमा हुनुहुन्छ, र अझ धेरै कुरा सामना गर्न नसक्दा आफूलाई लाजसमेत लाग्न सक्छ । कतै न कतै हामीले कमजोरी हुनु भनेको असफल हुनु हो भन्ने सोच्न थालेका छौं । तर परमेश्वरले यसलाई फरक दृष्टिले हेर्नुहुन्छ ।
संगीतकार लुडविग भान बेथोभेनले आफ्नो श्रवणशक्ति गुमाउन थालेपछि उनलाई अत्यन्त पीडादायी भयो । संगीत नै उनको जीवन, उनको पहिचान र उनको संसार थियो । केही समयका लागि उनी निराश भएर एकान्तमा बस्न थाले । तर उनले हार मानेनन् । आफ्नो कमजोरीका कारण होइन, बरु त्यही कमजोरीको बीचबाट उनले संगीत सिर्जना गरिरहे । त्यसै तोडिएको अवस्थाबाट उनको सबैभन्दा महान् र गहिरो कृतिमध्ये एक —बेथोभेनको नवौँ सिम्फनी— जन्मियो । उनको सीमितता नै महिमाको माध्यम बन्यो ।
प्रेरित पावलले पनि यही कुरालाई संकेत गर्दै यसरी लेखेका थिएः
२ कोरिन्थी ४ः७ “हामीसँग परमेश्वरबाट पाएको यो अनमोल धन माटाका भाँडाहरूमा राखिएको छ । यसबाट प्रस्ट हुन्छ कि हामीमा भएको असाधारण सामथ्र्य हाम्रो आफ्नै होइन, परमेश्वरबाट आएको हो ।”
पावलको समयमा माटाका भाँडाहरू सस्ता र कमजोर हुन्थे —सजिलै फुट्थे र सजिलै फेरिन्थे । तैपनि परमेश्वरले हामीजस्ता कमजोर र साधारण पात्रहरूलाई आफ्नो जीवन र ज्योति संसारमा पु¥याउन रोज्नुहुन्छ ।
अब फेरि तपाईंको जीवनतर्फ फर्कौं । तपाईंको भित्री जीवनतर्फ फर्कौं । तपाईंका कमजोरीहरू, त्रुटिहरू, बोझहरू, अन्योलता, लाज, मनमा रहेको तिक्तता र कहिलेकाहीं तपाईंको हृदयलाई जकड्ने डर — जुन तपाईं अरूबाट लुकाउन चाहनुहुन्छ, यी सबै कुरातर्फ फर्कौं । यी सबै कुरा तपाईंको जीवनमा भइरहेका भए पनि यो कुरा जान्नुहोस्ः
कमजोर वा नाजुक हुनु असफलता होइन; यो सामथ्र्य तपाईंको होइन, परमेश्वरको हो भन्ने प्रमाण हो । हामी सबै — हरेक एक जना — पावलले संकेत गरेका ती चर्किएका माटाका भाँडाहरूजस्तै हौं । त्यसैले आफ्ना चर्केका वा फुटेका चिराहरू लुकाउने प्रयास गर्न छोड्नुहोस् । बरु, तपाईंको हृदयमा रहेको परमेश्वरको ज्योति ती चिराहरूबाट बाहिर चम्कन दिनुहोस् । किनकि तपाईंको कमजोरीमै उहाँको सामथ्र्य सबैभन्दा सुन्दर र शक्तिशाली रूपमा प्रकट हुन्छ ।
परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् ।
यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ ।
अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद !
Please! Like/Follow/Subscribe/Share
Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.”
YouTube Channel: TAJA BACHAN HD
TikTok: TAJA BACHAN HD
Facebook Page: Taja Bachan Daily Devotional
WhatsApp No: +9779804144029
Email: tajabachan@gmail.com
Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal
“Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.”
Nanda Kumar Rai