TAJA BACHAN | अन्धकारबाट बाहिर निस्कनुहोस् | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 26 SEP. 2026
TAJA BACHAN HD
0:00 / 0:00
TAJA BACHAN | अन्धकारबाट बाहिर निस्कनुहोस् | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 26 SEP. 2026
30 просмотров · 5 дней назад
TAJA BACHAN HD
243 подписчика
30 просмотров · 5 дней назад
शीर्षकः अन्धकारबाट बाहिर निस्कनुहोस्
मितिः शनिबार – १० असोज २०८३ /26 Sep 2026
तपाईंको जीवनका कुन कुराहरू छायामा लुकेका छन् ? ती कुराहरू जसका बारेमा तपाईं कसैसँग कुरा गर्नुहुन्न — मनभित्र गाडेर राखेको दोषबोध, सही ठह¥याइरहनुभएको तिक्तता, वा गोप्य बानीहरू, जसले बिस्तारै तपाईंमाथि आफ्नो नियन्त्रण जमाइरहेका छन् । सायद अरू कसैले ती कुराहरू देख्दैनन्, तर तपाईंलाई त थाहा छ । अनि ती कुराहरूले तपाईंको शान्ति खोसिरहेका छन् ।
के तपाईं कहिल्यै घाम लागेको ठाउँबाट अचानक अँध्यारो कोठाभित्र पस्नुभएको छ ? केही क्षणसम्म तपाईंले केही पनि देख्न सक्नुहुन्न । तपाईंका आँखाहरू हेर्न प्रयास गर्छन्, शरीर एकछिन अलमलिन्छ, र परिचित ठाउँ पनि अपरिचितजस्तो लाग्छ । तर बत्ती बाल्नेबित्तिकै सबै कुरा बदलिन्छ । लुकेका कुराहरू फेरि स्पष्ट देखिन थाल्छन् ।
हाम्रो आत्मिक जीवनमा पनि ठीक यस्तै हुन्छ । हामी जीवनका स–साना अन्धकारका कुनाहरूसँग यति अभ्यस्त हुन्छौं — समाधान गर्न नचाहेको रिस, स्वीकार गर्न नचाहेको लाज वा दोषबोध, मनभित्र बन्द गरेर राखेका भावनाहरू — कि केही समयपछि ती छायाहरू नै सामान्यजस्ता लाग्न थाल्छन् ।
प्रेरित पावलले एफिससका ख्रीष्टियनहरूलाई लेख्दा उनीहरू प्रलोभन र सम्झौताले घेरिएका थिए । उनले उनीहरूलाई — र हामीलाई पनि — छायाबाट बाहिर निस्केर ज्योतिमा आउन आह्वान गरेः
एफिसी ५ः१४ “हो, ज्योतिले सबै कुरा प्रकट गर्छ । त्यसैले भनिएको छ, ‘हे सुतिरहेका मानिस, जाग ! मृतकहरूबाट उठ, र ख्रीष्ट तिमीमाथि चम्कनुहुनेछ ।’”
सन्देश सरल छ, तर अत्यन्त जरुरी छः आधा निदाएको जस्तो जीवन बिताउन छोड्नुहोस् । अन्धकारलाई कुनै हानि छैन जस्तो ठान्न छोड्नुहोस् । येशू तपाईंलाई छायामा सहज भएर बस्न दिनका लागि मर्नुभएन — तपाईं पूर्ण रूपमा उहाँको ज्योतिमा आउन सक्नुहोस् भनेर उहाँ त फेरि जीवित हुनुभयो ।
हो, त्यो ज्योतिले हामीले लुकाउन चाहेका कुराहरू पनि उजागर गर्छ । तर त्यसले हामी आफैंले कहिल्यै सुधार्न नसक्ने कुराहरूलाई पनि निको पार्छ ।
त्यसैले, तपाईंको जीवनको त्यो अँध्यारो कोठा कुन हो — त्यो कुरा, जसलाई तपाईंले परमेश्वरसामु खोल्नबाट अहिलेसम्म टार्दै आउनुभएको छ ?
बत्ती बाल्नुहोस् । उहाँको ज्योति भित्र आउन दिनुहोस् । किनकि स्वतन्त्रता लुकेर बस्दा आउँदैन... ज्योतिमा पाइला चाल्दा आउँछ ।
परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् ।
यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ ।
अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद !
Please! Like/Follow/Subscribe/Share
Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.”
YouTube Channel: TAJA BACHAN HD
TikTok: TAJA BACHAN HD
Facebook Page: Taja Bachan Daily Devotional
WhatsApp No: +9779804144029
Email: tajabachan@gmail.com
Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal
“Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.”
Nanda Kumar Rai