युवाको मेहनत र नयाँ सोच : रोजगारी र आम्दानीको नयाँ बाटो खोज्दै युवा #supportlocal #stories #ghorahi
Stories of Dang
0:00 / 0:00
युवाको मेहनत र नयाँ सोच : रोजगारी र आम्दानीको नयाँ बाटो खोज्दै युवा #supportlocal #stories #ghorahi
65 просмотров · 2 дня назад
Stories of Dang
389 подписчиков
65 просмотров · 2 дня назад
Young Inspiration: युवाहरू विदेशिने क्रम बढिरहेका बेला कैलालीका २८ वर्षीय दशरथ साउद भने विदेशी भूमिमा गएर अरूको काम गर्नुभन्दा आफ्नै देशमा केही गर्ने सोचका साथ विगत ६/७ वर्षदेखि दाङको घोराहीमा फूल तथा स्ट्रबेरी खेतीसँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै आएका छन्।
उनको फूलबारी अहिले घोराहीकै आकर्षण बनेको छ। दैनिकजसो फोटो तथा भिडियो बनाउन आउनेहरूको भीड लाग्छ। एक दिन त उनले टिकटबाट मात्रै रु. ५६ हजारसम्म आम्दानी गरेको बताउँछन्। फूल खेतीको पहिलो वर्षको पहिलो तिहारमै करिब ८ ला'ख रुपै'याँको फूल बि'क्री गर्न सफल भएका दशरथले दोस्रो वर्ष १२ ला'ख र तेस्रो वर्ष १५ ला'ख रुपैयाँ बराबरको फूलको व्यापार गरेका थिए।
पश्चिम नेपालमै पहिलोपटक Self-Picking शैलीमा स्ट्रबेरी खेती सुरु गरेका उनी कृषिमा सम्भावना अनगिन्ती रहेको बताउँछन्। उनको संघ'र्ष र सफलताको सबैभन्दा सुन्दर पक्ष भनेको—आज उनले ७/८ जनालाई रोजगारी दिएका छन् र यही व्यवसायबाट आफ्नो परिवारको खर्च धान्नुका साथै आफ्ना दाइलाई Anesthesia Doctor पढाइरहेका छन्।
उनी भन्छन्, “अरूको देशमा गएर दुई–चार ह'जार बढी कमाउनु भन्दा आफ्नै देशमा पसिना बगाएर आफ्नै परिवारसँग दुई छाक खानु मलाई प्यारो लाग्छ।” ❤️ #HatsOff