दुना–टपरीबाट रोजगारीसम्म:२१ वर्षीय प्रकाशको संघर्ष र सफलता #youthentrepreneur #supportlocal #ghorahi
Stories of Dang
0:00 / 0:00
दुना–टपरीबाट रोजगारीसम्म:२१ वर्षीय प्रकाशको संघर्ष र सफलता #youthentrepreneur #supportlocal #ghorahi
265 просмотров · 3 недели назад
Stories of Dang
390 подписчиков
265 просмотров · 3 недели назад
Inspirational: रोल्पाको सुलिचौर निवासी २१ वर्षीय प्रकाश महरा अहिले दाङको घोराहीमा विगत ६/७ महिनादेखि 'दुना–टपरी उद्योग' सञ्चालन गर्दै उद्यमशीलताको उदाहरण बनेका छन्। +2 पछि अधिकांशले विदेश जाऊ, भविष्य राम्रो हुन्छ भने तर उनले भने आफ्नै देशमै केही गरेर देखाउने अठोट गरे। आज उनी दुनाटपरी मात्र होइन, GT Bulb को उत्पादन पनि गरिरहेका छन्।
यी दुवै उत्पादन eco-friendly हुन् र हाम्रो वरिपरि सहजै पाइने कच्चा पदार्थबाट निर्माण गरिन्छ। विशेषगरी सालको पातबाट बन्ने दुनाटपरीको माग अहिले यति धेरै छ कि उत्पादनले माग नै धान्न सकेको छैन।
विदेश जाने अवसर त्यागेर सुरु गरेको उनको व्यवसाय आज विस्तारै सफलताको बाटोमा अघि बढिरहेको छ। सबैभन्दा गर्वको कुरा, उनले २५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन्। उनि भन्छन्, "देशमै बसेर, देशकै स्रोतसाधन प्रयोग गरी उत्पादनमूलक काम गर्न पाउँदा निकै खुसी छु।"
यस्तै युवाहरू नै नेपालका वास्तविक आशा हुन्।
उनीहरूलाई हौसला दिऔं, स्वदेशमै केही गर्ने सपनालाई सम्मान गरौं। 🇳🇵❤️ #Respect #ghorahidang #stories #inspiration #ecofriendly #nepalibusiness