Перейти к содержимому

यहोशू अध्याय २१ | लेवीहरूलाई बाँडिएका ४८ सहर र परमेश्वरको प्रतिज्ञा | Joshua Chapter 21

Yatharth Anveshan

0:00 / 0:00

यहोशू अध्याय २१ | लेवीहरूलाई बाँडिएका ४८ सहर र परमेश्वरको प्रतिज्ञा | Joshua Chapter 21

33 просмотра · 2 дн. назад
Yatharth Anveshan
178 подписчиков
33 просмотра · 2 дн. назад
यहोशू अध्याय २१ | लेवीहरूलाई बाँडिएका ४८ सहर र परमेश्वरको प्रतिज्ञा | Joshua Chapter 21 आजको यस भिडियोमा हामी पवित्र बाइबलको यहोशू अध्याय २१ अध्ययन गर्नेछौँ। यस अध्यायमा लेवी गोत्रका मानिसहरूले यहोशूसँग आफ्नो बसोबासका लागि सहरहरू माग गरेको र इस्राएलका विभिन्न गोत्रहरूबाट उनीहरूलाई सहरहरू छुट्याएर दिइएको घटनाबारे पढ्नेछौँ। यस अध्यायमा लेवीहरूलाई जम्मा ४८ वटा सहर र तिनका चरनभूमिहरू दिइएको विवरण उल्लेख छ। साथै, परमेश्वरले इस्राएलका मानिसहरूलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको सबै कुरा पूरा गर्नुभएको अद्भुत सत्य पनि यस अध्यायको अन्त्यमा देख्न पाइन्छ। यस अध्यायले हामीलाई परमेश्वर आफ्नो प्रतिज्ञामा विश्वासयोग्य हुनुहुन्छ र उहाँले भन्नुभएको कुनै पनि कुरा व्यर्थ जाँदैन भन्ने शिक्षा दिन्छ। आउनुहोस्, आज हामी यहोशू अध्याय २१ पढौँ, बुझौँ र परमेश्वरको विश्वासयोग्यतालाई आफ्नो जीवनमा मनन गरौँ। 📖 दैनिक बाइबल अध्ययन श्रृंखला 🎙️ Yatharth Anveshan 🙏 भिडियो मन परेमा Like, Share र Subscribe गरी साथ दिनुहोस्। 🙏 तपाईंहरूको सानो सहयोग केवल एउटा सहयोग मात्र होइन, परमेश्वरको वचन अझ धेरै मानिसहरूसम्म पुर्‍याउने यस सेवकाइमा तपाईंहरूको महत्वपूर्ण सहभागिता हो। तपाईंहरूले गर्नुभएको सानोभन्दा सानो सहयोग पनि व्यर्थ जानेछैन। तपाईंहरूको प्रार्थना र यो Like, Share तथा Subscribe रूपी सहयोगद्वारा तपाईंले आज कसैसम्म पुर्‍याउनुभएको यो वचन भोलि अर्को जीवनका लागि आशा र परिवर्तनको कारण बन्न सक्छ। तपाईंले छर्नुभएको यो सानो बीउ मलिलो माटोमा परेर ६० गुणा, १०० गुणासम्म फल फलाउने कारण बनोस्। यस वचनको यात्रामा साथ दिनुभएकोमा हृदयदेखि धन्यवाद। प्रभुले तपाईंहरू सबैलाई आशीष दिनुभएको होस्। आमेन! 🌱🙏 📖 Bible Source: Nepali TBS Bible (NBCI NEPAL App) #Joshua21 #यहोशू२१ #NepaliBible #BibleReading #BibleStudy #YatharthAnveshan #NepaliChristian