लूका अध्याय ८ | येशूको वचन र शक्तिले देखाएको परमेश्वरको अधिकार | Luke Chapter 8
Yatharth Anveshan
0:00 / 0:00
लूका अध्याय ८ | येशूको वचन र शक्तिले देखाएको परमेश्वरको अधिकार | Luke Chapter 8
46 просмотров · 3 дн. назад
Yatharth Anveshan
178 подписчиков
46 просмотров · 3 дн. назад
लूका अध्याय ८ | येशूको वचन र शक्तिले देखाएको परमेश्वरको अधिकार | Luke Chapter 8
📖 लूका अध्याय ८ | येशूको वचन र शक्तिको अद्भुत कार्य
लूका अध्याय ८ मा येशू ख्रीष्टले गर्नुभएका विभिन्न शिक्षाहरू, चमत्कारहरू र परमेश्वरको शक्तिको अद्भुत घटनाहरूको विवरण पाइन्छ।
यस अध्यायमा येशूले बीउ छर्ने मानिसको दृष्टान्तद्वारा परमेश्वरको वचन सुन्ने र त्यसलाई हृदयमा ग्रहण गर्ने विषयमा शिक्षा दिनुभएको छ। उहाँले बत्तीको दृष्टान्तद्वारा लुकेको कुरा प्रकट हुने विषय पनि सिकाउनुभएको छ।
यसै अध्यायमा येशूले आँधीबेहरीलाई शान्त पार्नुभएको, गदरेनी क्षेत्रमा दुष्टात्माले सताएको मानिसलाई निको पार्नुभएको, रगत बग्ने रोगबाट पीडित स्त्रीलाई निको पार्नुभएको र याइरसकी छोरीलाई मृत्युबाट जीवित पार्नुभएको अद्भुत घटनाहरू उल्लेख गरिएका छन्।
यी घटनाहरूले येशू ख्रीष्टको वचन, उहाँको सामर्थ्य र विश्वासको महत्वलाई स्पष्ट पार्छन्।
📖 आउनुहोस्, आज हामी लूका अध्याय ८ पढौँ र परमेश्वरको वचनबाट सिकौँ।
🙏 भिडियो मन परेमा Like, Share र Subscribe गरी साथ दिनुहोस्।
🙏 तपाईंहरूको सानो सहयोग केवल एउटा सहयोग मात्र होइन, परमेश्वरको वचन अझ धेरै मानिसहरूसम्म पुर्याउने यस सेवकाइमा तपाईंहरूको महत्वपूर्ण सहभागिता हो। तपाईंहरूले गर्नुभएको सानोभन्दा सानो सहयोग पनि व्यर्थ जानेछैन। तपाईंहरूको प्रार्थना र यो Like, Share तथा Subscribe रूपी सहयोगद्वारा तपाईंले आज कसैसम्म पुर्याउनुभएको यो वचन भोलि अर्को जीवनका लागि आशा र परिवर्तनको कारण बन्न सक्छ। तपाईंले छर्नुभएको यो सानो बीउ मलिलो माटोमा परेर ६० गुणा, १०० गुणासम्म फल फलाउने कारण बनोस्। यस वचनको यात्रामा साथ दिनुभएकोमा हृदयदेखि धन्यवाद। प्रभुले तपाईंहरू सबैलाई आशीष दिनुभएको होस्। आमेन! 🌱🙏
📖 दैनिक बाइबल अध्ययन श्रृंखला 🎙️ Yatharth Anveshan
🔔 नयाँ भिडियोको लागि च्यानललाई Subscribe गर्नुहोस्।
📖 Bible Source: Nepali TBS Bible (NBCI NEPAL App)
#लूका८ #Luke8 #NepaliBible #BibleReading #DailyBibleStudy #YatharthAnveshan #NepaliChristian