Chitlang Kartik Nach 2083 Day 3 Live on YouTube and Facebook
Hamro Jatra
0:00 / 0:00
Chitlang Kartik Nach 2083 Day 3 Live on YouTube and Facebook
4 544 просмотра · Трансляция закончилась 4 дн. назад
Hamro Jatra
17 тыс. подписчиков
4 544 просмотра · Трансляция закончилась 4 дн. назад
Chitlang Kartik Nach 2083 Day 3 Live on YouTube and Facebook
🙏🌺 हाम्रो चित्लाङको ऐतिहासिक तथा मौलिक कार्तिक नाचको आज तेस्रो खट ! 🌺🙏
🎭 आजको विशेष आकर्षण : भगवान् श्रीकृष्ण र राजा बाणासुरबीचको पौराणिक कथा ! 🎭
हाम्रा पुर्खाहरूले पुस्तौँदेखि जोगाउँदै र निरन्तरता दिँदै आएको चित्लाङको ऐतिहासिक कार्तिक नाचअन्तर्गत आज तेस्रो खटको नाच भव्य रूपमा प्रदर्शन हुँदैछ।
आजको नाचको सुरुवात हाम्रो मुख्य नाच
गोडा नाच,
नङ्गा नाच,
महादेव नाच बाट हुनेछ। त्यसपछि क्रमशः द्यो सिकार,
पो, कवे , ख्याक, देवगण तथा
द्यो समे लगायतका परम्परागत नाचहरू प्रस्तुत गरिनेछन्।
🌺 आजको मुख्य आकर्षण भने भगवान् श्रीकृष्ण र राजा बाणासुरबीचको सम्पूर्ण पौराणिक कथा हो।
यस कथामा राजा बाणासुरको भगवान् महादेवप्रतिको अगाध भक्ति, महादेवबाट प्राप्त हजार भुजाको वरदान, बाणासुरकी छोरी उषा मैयाको जन्मदेखि लिएर उषा मैया र भगवान् श्रीकृष्णका नाति अनिरुद्धबीचको अमर प्रेमकथा प्रस्तुत गरिनेछ।
❤️ प्रेम, भक्ति, अहंकार र युद्धको अद्भुत संगम !
उषा मैया र अनिरुद्धबीचको प्रेममा आएको विरोध, त्यसबाट उत्पन्न द्वन्द्व तथा भगवान् श्रीकृष्ण र राजा बाणासुरबीच भएको भयानक युद्धको कथा आजको नाचमा देख्न पाइनेछ।
अन्ततः भगवान् श्रीकृष्णले राजा बाणासुरको घमण्ड चकनाचुर पार्दै उषा मैया र अनिरुद्धको विवाह गराइदिएको सुन्दर कथासँगै आजको नाच समापन हुनेछ।
🙏 हाम्रो कार्तिक नाच केवल मनोरञ्जन मात्र होइन, यो हाम्रा पुर्खाहरूले छोडेर गएको अमूल्य सम्पदा, धार्मिक आस्था, मौलिक कला, संस्कृति र हाम्रो चित्लाङको पहिचान हो।
यस्ता ऐतिहासिक नाचहरू हेर्नु, बुझ्नु र नयाँ पुस्तालाई चिनाउनु हामी सबैको साझा जिम्मेवारी हो।
🌺 त्यसैले आजको यस विशेष तेस्रो खटको कार्तिक नाच अवलोकन गरी भगवान् श्रीकृष्ण, राजा बाणासुर, उषा मैया र अनिरुद्धको सम्पूर्ण कथा प्रत्यक्ष हेर्नुहुन सम्पूर्ण चित्लाङवासी, छिमेकी गाउँका दाजुभाइ, दिदीबहिनी तथा कला–संस्कृतिप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏
❤️ हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो गौरव !
❤️ ऐतिहासिक कार्तिक नाचको संरक्षण गरौँ, भावी पुस्तासम्म पुर्याऔँ !
🙏 जय श्रीकृष्ण ! जय महादेव ! 🙏
🌺 जय हाम्रो प्यारो चित्लाङ ! 🌺
#चित्लाङ #ऐतिहासिक_कार्तिक_नाच #तेस्रो_खट #कृष्ण_बाणासुर_युद्ध #उषा_अनिरुद्ध
https://www.youtube.com/live/SE1myDIR...