लुचिंद्यः विसर्जन ज्याझ्वः विशेष पुजा तथा ब्रत
Jitendra Tuladhar
0:00 / 0:00
लुचिंद्यः विसर्जन ज्याझ्वः विशेष पुजा तथा ब्रत
33 просмотра · 1 месяц назад
Jitendra Tuladhar
156 подписчиков
33 просмотра · 1 месяц назад
गुरूजु संघ, बुंगमतीकाे आयाेजनामा नें. सं. ११४६ गुँलाथ्व पारू देखी नें. सं. ११४६ गुँलागा पारू सम्म १ महिनासम्म लुचिंद्यः थायेगु ( लखः चैत्य ) बनाउने धार्मिक पुन्य कार्यमा करिब ६४ जना श्रद्धालु भक्तजनहरूले प्रत्येक दिन बिहान लुचिंद्यः बनाउने कार्यमा सहभागी हुनु भयाे ।
धार्मिक बिधी, पुजा तथा अनुस्थान गरि १ महिनासम्म भक्तजनहरूद्वारा निर्मित माटाेकाे चैत्यलाई खर्पनमा बाेकी बुंगमतीमै अवस्थित चखुं तिर्थमा लगेर विसर्जन गर्ने गरिन्छ ।
महिना दिनसम्म बिभिन्न नियमहरूमा बसी माछा-मासु, प्याज, लसुन, छ्यापी, जाँडरक्सी लगायतका खानेकुराहरू नखाईकन यस धार्मिक कार्यमा सहभागी भई पुन्य आर्जन गर्नु भएका श्रद्धालु भक्तजनहरूलाई खानेकुरा फुकाउने कार्य पनि यसै दिनमा गरिन्छ ।
संस्कृतिमा विविधता बोकेको ऐतिहासिक नेपालका आदिवासी नेवाः समुदायमा गुंला पर्वलाई विशेष महत्त्व दिइँदै आएको छ। गणै गुणनबाट बनेको र गुण गर्ने महिनाका रूपमा गुंला महिनालाई लिइँदै आएको मानिन्छ। सिनाज्या (धान रोपाइँ) सकेपछि गथांमुगः पर्वपछि आउने गुंला महिनालाई विशेष रूपमा बौद्ध धर्मसँग जोडेर मनाउँदै आएको पाइन्छ। गुंलाको समयमा बौद्ध तीर्थस्थलमा जाने, गुंला बाजा बजाउने तथा विभिन्न किसिमका संस्कृति प्रदर्शन गर्ने परम्परा रहँदै आएको छ।
गुंलाको समयमा नै विशेषगरी लुचिद्यः बनाउने संस्कृति पनि नेवाः समाजमा रहेको छ। लुचिद्यः बनाउने भन्नाले माटोका चैत्य निर्माण गर्ने भन्ने बुझिन्छ। यस क्रममा कालो माटोका स–साना चैत्य बनाइन्छन्। एक लाखवटा माटोका चैत्य बनाउने कार्यलाई नै नेपालभाषामा ‘लुचिद्यः थायेगु’ भनिन्छ। यसलाई लक्षचैत्य थाउने पनि भनिन्छ। संस्कृत भाषामा ‘लक्ष’ भन्नाले एक लाख बुझिन्छ। त्यसैले श्रद्धापूर्वक एक लाखवटा चैत्य निर्माण गर्ने कार्यलाई लक्षचैत्य भनिएको हो।
नेपालभाषामा ‘लुचिद्यः थायेगु’ वा ‘लक्षचैत्य थायेगु’ भने पनि अन्ततः ठूलो संख्यामा, विशेषतः एक लाखसम्म माटोका चैत्य निर्माण गर्ने कार्य नै हो। यसलाई कतिपय ठाउँमा छोटकरीमा ‘द्यः थाउने’ अर्थात् देवता बनाउने पनि भनिन्छ। १८–१९औँ शताब्दीका नेवाः पौभा चित्रहरूमा लक्षचैत्य निर्माणको चित्रण पाइने बताइन्छ। यसबाट यो संस्कृति नेवाः बौद्ध समाजमा निकै पुरानो र विकसित परम्परा रहेको देखिन्छ।
गुंला सुरु भएदेखि नै चैत्य बनाउने परम्परा
गुंला जुन दिनदेखि सुरु हुन्छ, त्यही दिनदेखि माटोका चैत्य निर्माण गर्ने गरिन्छ। गुंला सुरु भएको दिनदेखि लक्षचैत्य पूरा नहुन्जेल दिनहुँ चैत्य बनाउने परम्परा छ।
लक्षचैत्य निर्माणको अवधिभर निश्चित व्यक्तिहरू निश्चित स्थानमा गएर चैत्य बनाउने चलन छ। त्यसैले विभिन्न स्थानमा आफ्ना–आफ्ना समूहका मानिसहरू बिहानै गएर चैत्य निर्माण गर्ने परम्परा रहेको पाइन्छ।
विशेषगरी सुरुवातको दिनमा जो–जो व्यक्ति सहभागी भए, उनीहरू नै बिहान–बिहान गएर चैत्य बनाउनुपर्ने मान्यता छ। कुनै कारणले महिला महिनावारी हुने अवस्था भएमा उनीहरू जान नहुने र उनीहरूका घरका सदस्य वा अन्य व्यक्तिहरू गएर चैत्य निर्माणलाई निरन्तरता दिनुपर्ने भनाइ पाइन्छ। चैत्य निर्माण गर्ने स्थानमा काम पूरा नगरी खाली छाड्नु हुँदैन भन्ने पनि मान्यता रहेको छ।
विभिन्न स्थानमा आजभोलि त्यहाँका पुराना मानिसहरू कुनै दिन आउन नसके पनि आफूभन्दा नयाँ पुस्ताका मानिसहरू आएर चैत्य निर्माण गर्ने परम्परा निरन्तर चलिरहेको पाइन्छ।
चैत्य बनाउनका लागि आवश्यक माटो
नेवाः समुदायमा माटोबाट देवता वा चैत्य बनाउनुपर्दा सबैभन्दा पवित्र माटोका रूपमा काठमाडौंको म्हेपिको माटोलाई लिने गरिन्छ। म्हेपिको माटोबाटै माटोका देवता बनाउनुपर्ने मान्यता रहेको छ। म्हेपिको माटोलाई निकै पवित्र मानिन्छ।
म्हेपिको माटो भन्नाले पवित्र माटो, तान्त्रिक परम्परा, ज्ञान, शक्ति र देवप्रतिष्ठासँग सम्बन्धित माटोका रूपमा लिइएको पाइन्छ।
म्हेपिमा म्हेपि अजिमा पनि हुनुहुन्छ। म्हेपि अजिमालाई नेवाः समुदायले विशेष रूपमा प्राचीनकालदेखि नै मान्दै आएको छ। म्हेपि अजिमा रहेको पवित्र भूमिको माटोबाटै देवता बनाउने गरिएको हो।
किंवदन्तीअनुसार शान्तिकर आचार्यले आफ्नो शरीर म्हेपिमा लडाएको र त्यसपछि उहाँको शरीरसँग सम्पर्क भएको माटो पवित्र भएको विश्वास गरिन्छ। त्यसैले म्हेपिको माटोबाट देवता निर्माण गर्नुपर्ने मान्यता रहेको बताइन्छ।
म्हेपिको भूमि पवित्र भएको र त्यस पवित्र भूमिको अंश देवताको शरीरमा प्रवेश गर्ने धार्मिक तथा सामाजिक मान्यता रहेको पाइन्छ। त्यसैले गुंलाको समयमा चैत्य निर्माण गर्न म्हेपिको माटो आवश्यक हुन्छ भन्ने विश्वास छ।