बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन २०८३मा कविता वाचन। शिर्षक- "हराएको च्याङ्बा"
च्याङ्बा's Diary
0:00 / 0:00
बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन २०८३मा कविता वाचन। शिर्षक- "हराएको च्याङ्बा"
112 просмотров · 8 дн. назад
च्याङ्बा's Diary
80 подписчиков
112 просмотров · 8 дн. назад
२०८३/६/१६ (शुक्रबार) :-
Analysis को theorem हरुमा घोरन्डिएर बसेको बेला, एकैपटक messenger को notification ले मेरो ध्यान भङ्ग घर्यो। message थ्यो " भाइ बिना दिदीले कल गर्नुहुन्छ है।- राजु स्याङ्तान ज्योजो" (समय: बिहान ८:१७) । म अकमक्क परे, पहिला लाग्यो,'सायद मेरो कविता सुन्नु भोहोला, त्यसैले केही भन्नलाई कल गर्नुहुन्छ।' । पहिले किन भनेर रिप्लाई गरेँ। यता उत्तर आउनु पुर्व उता बिना नानाको voice message आयो- " भाइ पर्सि आइतबार कविता वाचनको कार्यक्रम छ, मलाई राजु स्याङ्तान ज्युले हजुरको नाम दिनु भो, नाम राखे है, आउनुस् है।" । यो क्षण यति छिट्टै आउँछ भनेर मेरो मष्तिष्कको कुनै कुनाले पनि सोचेको थिएन।
***
"कहिले काहीँ जीवनमा सोच्दै नसोचेको कुरा भैजान्छ। तर यस्तै क्षणहरू जीवनको सङ्ग्रहालयमा एउटा अमर तस्विर भएर बसिजान्छ। यो मेरो जिन्दगीको एउटा त्यस्तै क्षण थियो। "
***
हिजोको साँझ (२०८३/६/१८- आइतबार)भव्य थियो, मेरो लागी एउटा अविस्मरणीय क्षण थियो। जिन्दगीमा पहिलो पटक साहित्यिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइ सकेका वरिष्ठ कविहरुको माझ उभिएर म भर्खर साहित्यको विशाल फाँटमा बामे सर्न सिक्दै गरेको च्याङ्बाले कविता वाचन गर्ने मौका पाएको थियो।मलाई लाग्छ मैले सक्दो आफ्नो बेस्ट दिएँ। Laxmi Rumba नाना, Bina Theeng Tamang नाना, Usha Sherchan म्याम, Laxmi Mali म्याम, Sneh Sayami सर जस्ता अरु थुप्रै अग्रज कविहरूबाट आफ्नो तारिफ सुनेँ, उहाँहरुले मेरो कविता मन पराइ दिनु भो। सायद यसैले पनि मेरो हिजोको साँझ झन यादगार बन्यो।
धन्यवाद Budhanilkantha Municipality - Kathmandu, बुढानीलकण्ठ नगरपालिका यति धेरै मायाको चिनो लागी र विशेष धन्यवाद Raju Syangtan ज्योजो र बिना थिङ्ग नानालाई, हिजोको त्यस्तो भव्य कार्यक्रममा मेरो कविता प्रस्तुत गर्ने मौका दिनु भएकोमा। यो आलेले सधैँ सम्झने छ...🙏💫
#poeticday #PoeticVibes #withpoets #poems #poetry #कविता #nepaliliterature #साहित्य