Nepali Khristiya Bhajan No.159|Nirantar Rahane Prem Khrist Yeshuko|निरन्तर रहने प्रेम ख्रीष्ट येशूको
Atmik Yaatra
0:00 / 0:00
Nepali Khristiya Bhajan No.159|Nirantar Rahane Prem Khrist Yeshuko|निरन्तर रहने प्रेम ख्रीष्ट येशूको
776 просмотров · 3 мес. назад
Atmik Yaatra
11,4 тыс. подписчиков
776 просмотров · 3 мес. назад
निरन्तर रहने प्रेम ख्रीष्ट येशूको | Nepali Christian Bhajan
"निरन्तर रहने प्रेम ख्रीष्ट येशूको, अनुग्रह असीम अपार..."
यो भजन नेपाली मण्डलीहरूमा पुस्तौं-पुस्तादेखि गाउँदै आइएको भजन हो। दुर्भाग्यवश यसको मौलिक रचनाकार, संगीतकार नाम हामीसँग उपलब्ध छैन। यस्तो हृदयस्पर्शी भजन रच्नुहुने ती अज्ञात स्रष्टाहरूलाई हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं। उहाँहरूको सेवा र समर्पणले नै आज हामी यो भजनको माध्यमबाट प्रभुको महिमा गाउन पाइरहेका छौं।
येशू ख्रीष्टको असीम प्रेम र अनुग्रहको महिमा गाउँदै, यो भजनले हामीलाई सम्झाउँछ पापको दास भएर बाँचेका हामीलाई उहाँले नै छुटकारा दिनुभयो, अन्धकारबाट ज्योतिमा ल्याउनुभयो। यो गीत उहाँको धन्यवाद, स्तुति र जयजयकारको एउटा हृदयदेखिको अभिव्यक्ति हो।
🎵 Lyrics:
Verse 1:
निरन्तर रहने प्रेम ख्रीष्ट येशूको,
अनुग्रह असीम अपार
गाउनेछौं महिमा इम्मानुएल प्रभुको
होस्, उहाँको जयजयकार
(पापका दास थियौं हामी
नरककुण्डको भागी) २
(पापै नजान्ने मसीह येशू प्रभुले
सबै दोष हटाउनुभो) २
Verse 2:
धन्यवाद येशूलाई
नचढाई सक्छौं कहाँ ?
हाम्रो उहाँ सृजनहार
तोड्नुभो डरलाग्दो
शक्ति सब पापको
हटाउनुभो घोर अन्धकार
(अयोग्य भए पनि
ज्योतिका सन्तान हामी) २
(यस्तो त्राणकर्ता प्रेमी येशू प्रभुलाई
चढाऔं सबैले धन्यवाद) २
Verse 3:
आनन्दित छौं आज,
शक्ति पापको भयो नाश,
छुटकारा दैनिक जीवनमा
सम्पूर्ण हृदयलाई शुद्ध
स्वच्छ पारेर
दिनुभो ख्रीष्टले गीत नयाँ
(जयजयकार मसीह येशू,
गाउनेछौं प्यारो प्रभु) २
(बाटोमा तपाईंको जस्तै भय पनि
स्तुति गाउँदै नै जानेछौं) २
🙏 उहाँको प्रेम र अनुग्रहमा भरोसा राखौं, र सधैं धन्यवाद चढाऔं।
यदि यो भजनले तपाईंको हृदयलाई छोयो भने, LIKE, SHARE र SUBSCRIBE गर्न नबिर्सनुहोस् 🔔
#NepaliChristianSong #NepaliBhajan #ख्रीष्टयेशू #nepalichristiansong #Christianworship #NepaliWorshipSong #JesusLovesYou #NepaliGospelSong #प्रभुयेशू