Перейти к содержимому

मलेसिया रोजगार बन्द हुने संघारमा ! व्यवसायीको चेतावनी– मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन

Sajha Sabal Media

0:00 / 0:00

मलेसिया रोजगार बन्द हुने संघारमा ! व्यवसायीको चेतावनी– मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन

2 694 просмотра · 11 дн. назад
Sajha Sabal Media
131 тыс. подписчиков
2 694 просмотра · 11 дн. назад
मलेसियाको रोजगारी बन्द हुने संघारमा पुगेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ। संघले मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि नियमित रूपमा खुला हुनुपर्ने स्पष्ट पार्दै रोजगारी खुलाउने नाममा सीमित म्यानपावर कम्पनीको सिन्डिकेट वा एकाधिकार भने स्वीकार गर्न नसकिने जनाएको छ। मलेसियाले विदेशी श्रमिक भर्नाका लागि प्रयोग गरिरहेको Foreign Worker Centralized Management System (FWCMS) अन्तर्गत नेपालका सीमित २५ वटा म्यानपावर कम्पनीलाई मुख्य संस्था र २५० वटालाई सहायक संस्थाका रूपमा राखेर तिनैमार्फत मात्र नेपाली श्रमिक पठाउने विषयप्रति व्यवसायीहरूले आपत्ति जनाएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर (कुमार) खत्रीले पत्रकार सम्मेलनमा स्पष्ट रूपमा भने— ‘मलेसिया चाहिन्छ, तर सिन्डिकेट चाहिँदैन। खुला श्रम बजार चाहिन्छ, तर एकाधिकार चाहिँदैन।’ संघले नेपाल सरकारबाट वैधानिक इजाजत लिएर सञ्चालनमा रहेका व्यवसायीमध्ये कसले मलेसियामा श्रमिक पठाउन पाउने र कसले नपाउने भन्ने निर्णय कुनै विदेशी निजी प्रणालीले गर्न नहुने बताएको छ। व्यवसायीहरूको दाबीअनुसार सीमित संस्थाको नियन्त्रण कायम भए प्रतिस्पर्धा घट्ने, श्रमिकको लागत बढ्ने, अनौपचारिक आर्थिक कारोबार बढ्न सक्ने र रोजगारीका अवसरसमेत सीमित हुन सक्छन्। संघले FWCMS को कानुनी आधार, स्वामित्व, शुल्क संरचना तथा यसमा भएको भनिएको आर्थिक कारोबारबारे समेत छानबिन गर्न माग गरेको छ। आज मलेसियामा यस्तो अभ्यास स्वीकार गरिए भोलि अन्य श्रम गन्तव्य देशहरूमा समेत यस्तै मोडल लागू हुन सक्ने भन्दै संघले सरकारलाई समयमै गम्भीर कूटनीतिक पहल गर्न आग्रह गरेको छ। यस भिडियोमा हेर्नुहोस्: • मलेसिया रोजगार किन संकटमा पर्यो ? • FWCMS प्रणाली के हो ? • २५ मुख्य र २५० सहायक म्यानपावरको विषय के हो ? • व्यवसायीले सिन्डिकेट किन भनेका छन् ? • सरकारसँग व्यवसायीका मुख्य माग के छन् ? • यसले नेपाली श्रमिकलाई कस्तो असर पार्न सक्छ ? • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पत्रकार सम्मेलनमा के भनियो ? वैदेशिक रोजगारसम्बन्धी सत्य, तथ्य र महत्वपूर्ण अपडेटका लागि हाम्रो YouTube Channel Subscribe गर्नुहोस्। #MalaysiaJobs #MalaysiaEmployment #FWCMS #वैदेशिकरोजगार #मलेसियारोजगार #MalaysiaNepal #NepaliWorkers #ManpowerNepal #ForeignEmployment #MalaysiaJob #नेपालवैदेशिकरोजगारव्यवसायीसंघ #SajhaSabal #BaideshikRojgar --- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ । यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो । Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our News Website: http://sajhasabal.com/ Our News Website: http://sajhajobs.com/ Our Mobile app: https://play.google.com/store/apps/de... Our Facebook Page :   / satabipress   अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला https://www.youtube.com/c/SajhaSabal/... Copyright © SajhaSabal