२०६८ सालको १२ वर्षे मेलाको अन्तिम भाग
Govinda Maharjan
0:00 / 0:00
२०६८ सालको १२ वर्षे मेलाको अन्तिम भाग
559 просмотров · 11 мес. назад
Govinda Maharjan
2,58 тыс. подписчиков
559 просмотров · 11 мес. назад
खोकना गाउँमा हरेक १२ वर्षमा रुद्रायणी देवीको जात्रा भव्य रूपमा मनाइने गरिन्छ । यो जात्रा धार्मिक, तान्त्रिक र सांस्कृतिक परम्पराको संगम हो। यस दिव्य अवसरमा १४ जना मुकुदधारी देवगणहरूले आफ्नो पूजा–अनुष्ठानमा दैवी शक्ति जागृत गर्न विभिन्न मठ–मन्दिरमा गई शक्ति संकलन गर्ने परम्परा पालन गर्छन्।
त्यसपछि सबै देवगणहरू नित्यनाथ मन्दिरमा एकत्रित भई तान्त्रिक विधिअनुसार पूजा गरी मुकुदमा शक्तिपात गर्छन्। नित्यनाथको कृपा प्राप्त गरी, मुकुदमा शक्तिपात गरिसकेपछि उनीहरू पवित्र यात्राका लागि नित्यनाथको मन्दिरबाट प्रस्थान गर्छन्।
यस दिव्य दिनको सबैभन्दा पवित्र क्षण भनेको कुमारी र खड्ग भवानीको मिलन अत्यन्त पवित्र मानिन्छ, जुन १२ वर्षमा एक पटक मात्र सम्पन्न हुन्छ। देवगणहरूले खोकनाका प्राचीन स्थलहरूको परिक्रमा गर्दै १२ बर्षको एक चोटी रुद्रायणी मन्दिर पछाडिको देव ल्युनीबाट
यात्रा आरम्भ गर्छन्। त्यसपछि देवगणहरू कुटपुखु टोल, कोयलाछी, नायझो हुँदै चोयलाछी डबलीसम्म पुग्छन्।
चोयलाछी डबलीमा कुमारीले खड्ग भवानीलाई समातेर घुमाउने अनुष्ठान सम्पन्न गर्छिन्, जसले कुमारी र देवी खड्ग भवानीको मिलनको प्रतीक व्यक्त गर्छ। यो क्षणलाई खोकनावासीहरूले अत्यन्त श्रद्धा, शक्ति, संरक्षण र भक्तिभावका साथ अवलोकन गर्छन्।
अन्त्यमा चिच्या नाइकेले विधिपूर्वक देवीलाई छुत्याई पुनः आफ्नो पवित्र आसनमा प्रतिष्ठित गराउने परम्परा रहिआएको छ।
यो सम्पूर्ण अनुष्ठान केवल धार्मिक संस्कार मात्र होइन—यो खोकनाको आत्मा विश्वास र सांस्कृतिक पहिचानको प्रतिविम्ब हो।
जहाँ तान्त्रिक शक्ति, तान्त्रिक रहस्य, भक्तिभाव र सामुदायिक एकताको यस मिलनले खोकनालाई एक अद्वितीय सांस्कृतिक धरोहर भक्तिभाव र समुदायको एकताको रूपमा स्थापित गरेको छ।