मिठो बचन दिएर । Mitho bachan diera
Nepali Christian Bhajan
0:00 / 0:00
मिठो बचन दिएर । Mitho bachan diera
392 просмотра · 1 мес. назад
Nepali Christian Bhajan
154 подписчика
392 просмотра · 1 мес. назад
म पापी थिएँ, म हराएको थिएँ,
पापको दलदलमा भासिएको थिएँ।
मेरो कुनै आशा थिएन,
आँसुमा टोलाइरहेको थिएँ।
तपाईंको प्रेम ममाथि पर्यो,
मेरो जीवनमा ज्योति छरियो।
मिठो वचन दिएर,
येशूले मलाई बोलाउनुभयो।
टुटेको मेरो मनलाई,
आफ्नो प्रेमले अँगाल्नुभयो।
दलदलबाट उठाएर,
नयाँ जीवन मलाई दिनुभयो।
जब म पूर्ण रूपमा एक्लो भएँ,
तपाईं मेरो सहारा हुनुभयो।
निराशाको त्यो अँध्यारोमा,
आशाको किरण बनिदिनुभयो।
मिठो वचन दिएर,
येशूले मलाई बोलाउनुभयो।
टुटेको मेरो मनलाई,
आफ्नो प्रेमले अँगाल्नुभयो।
अब मेरो जीवन तपाईंको हो,
हारिसकेको मलाई उठाउनुभयो।
मृत्युको बाटोबाट फर्काएर,
सत्यको वाटोमा हिडाऊनु भयो।
मिठो वचन दिएर...
येशूले बोलाउनुभयो...
अब जीवनभरि म,
तपाईंलाई नै पछ्याउँछु।
By Bhupal Gurung NLAC KTM