Перейти к содержимому

SISNUPANI || "जनाता र नेता" क्यारिकेचरसहितको प्रहसन / -सिस्नुपानी गाईजात्रा || @nawasahitya

EXPLORE WITH MAHENDRA

0:00 / 0:00

SISNUPANI || "जनाता र नेता" क्यारिकेचरसहितको प्रहसन / -सिस्नुपानी गाईजात्रा || @nawasahitya

8 297 просмотров · 2 г. назад
EXPLORE WITH MAHENDRA
3,22 тыс. подписчиков
8 297 просмотров · 2 г. назад
भाद्र ३ सोमबार नवसाहित्य अनलाइन । हास्यव्यङ्ग्य विशेष कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यमय गाईजात्रा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गहन खतिवडा र विशेषता अधिकारीले भीमेश्वरको मेला गीतको चिरञ्जीवि लामिछानेद्वारा लिखित प्यारोडी गीत “जाल अनि झेल” गाएर सुरू भएको कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको “खाइजात्रे बजेट भाषण” प्रस्तुत गर्नुभयो । कार्यक्रममा अजर फूयाँलले “सिमसिमे वाटर” प्यारोडी गायन गर्नुभयो जसलाई सुमार्गी हुमागाईँले लेख्नु भएको हो । हुमागाईँको लेखनमा रहेको क्यारिकेचरसहितको प्रहसनमा हुमागाईँले ६ जना राजनीतिज्ञको क्यारिकेचर गर्नुभयो । डीबी बर्तौला, ओमभक्त भण्डारी, सुबास सजल, देव दुलाल, विशेषता अधिकारी, सलिना थापाले विभिन्न भूमिकामा प्रस्तुति दिनुभयो । २ वटा कविताहरूमध्ये पुरूषोत्तम आचार्यको “बत्ति नबाल्नु अब” र गोविन्द पौडेलको “जिन्दगीका जोल्टिङहरूमा” वाचन गरिएको कार्यक्रममा हुमागाईँको उत्कृष्ट प्रस्तुतिका कारण उहाँलाई ५ हजार पुरस्कार दिने घोषणा गरिएको थियो । साहित्य सर्जक मनोज पोखरेलको “माड्साप” एकल प्रहसनदेखि मीनप्रसाद लामिछानेद्वारा रचित “अन्तर्वार्ता” सम्मका प्रस्तुतिहरू प्रदर्शन भएका थिए । अन्तर्वार्तामा सानु खनाल, मनोज पोखरेल, रजनी पौडेल र मीनप्रसाद लामिछाने सहभागी रहनुभयो । लामिछानेद्वारा रचिएको “ठोक् न मादल ठोक्” गीतलाई सागर तिमल्सिनाले गायन गर्नुभयो । कार्यक्रममा खचाखच दर्शकहरूबिचमा गरिएको कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिका वडा नं. ४ ले प्रवर्धन गरेको हो । सामाजिक, राजनीतिक, आर्थिकका साथसाथै विविध मुद्दाहरूलाई उठान गरी प्यारोडी, प्रहसन आदिमार्फत् २.५ घण्टासम्म दर्शकलाई सक्रिय गराइराखेको कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालले आफ्नो हास्यव्यङ्ग्य सामग्री प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अवधिभर वाद्यवादनमा प्रलय चौलागाईँ, सुनिल केसी र विश्वराज अधिकारीको विशेष भूमिका रह्यो । उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले स्वागत गर्नु भएको कार्यक्रमलाई एनएस टेलिभिजनले छायाङ्कन गरेको हो । अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले शुभकामना मन्तव्य राख्नुभएको हो । प्रदेश सरकारका मन्त्री, सचिव, प्रशासकका साथसाथै उद्योगी, व्यवसायी, पेशागत कर्मचारी, सञ्चारकर्मी र विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रह्यो । ओम्याक्स सिनेमामा सम्पन्न गरिएको कार्यक्रमलाई नवसाहित्य अनलाइन र फित्कौली अनलाइन मिडिया पार्टनर रहेका थिए भने सिस्नुपानी मकवानपुरका सचिव गोविन्द पौडेल र संप्रस पौडेलले कार्यक्रमलाई सहजीकरण गर्नु भएको हो । www.nawasahitya.com