Перейти к содержимому

Aajako Bachan 2026 Sep 24 || क्रुसमा टाँगिएको जीवन जिउनुहोस् ||

MoH Nepal

0:00 / 0:00

Aajako Bachan 2026 Sep 24 || क्रुसमा टाँगिएको जीवन जिउनुहोस् ||

6 006 просмотров · 2 недели назад
MoH Nepal
43,1 тыс. подписчиков
6 006 просмотров · 2 недели назад
बिहीबार, २४ सेप्टेम्बर, असोज ८ “म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु ।” —गलाती २ः२० क्रुसमा टाँगिएको जीवन जिउनुहोस् पावलले लेखेका छन् ; “म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आपूmलाई अर्पण गर्नुभयो ।” तपाईं मर्नुभएको छ भने रिसाउनु कठिन हुन्छ । रिसाउनु, असन्तुष्ट हुनु वा निराश हुनु पनि गाह्रो हुन्छ । किन ? किनभने तपाईं मृत हुनुहुन्छ ¤ जुन दिन तपाईंले ख्रीष्टमा विश्वास गर्नुभयो, त्यो दिन तपाईंको पुरानो मनुष्यत्व म¥यो । तपाईंका इच्छा, तपाईंका सपना र तपाईंका योजनाहरू पानीमा डुबेर पूर्ण रूपमा मरेका हुन्छन् । बप्तिस्माको पानीमा डुबेको व्यक्ति त्यो पानीबाट माथि निस्किआउने व्यक्ति जस्तै हुँदैन । तपाईं ख्रीष्टमा नयाँ सृष्टि हुनुभएको छ । निश्चय नै, तपाईंले दैनिक रूपमा यो पहिचानमा चल्नुपर्छ । पावलले भनेका छन्, “म दिनहुँ मर्छु” (१ कोरिन्थी १५ः३१) । येशूले भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफुलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्” (लुका ९ः२३) । दुवै पदहरूमा मुख्य शब्द “प्रतिदिन” दिनहुँ हो । यस दैनिक मृत्युमा ठुलो स्वतन्त्रता छ । तपाईंको कार्यसम्पादन अब तपाईंको मूल्य कथन होइन । अब तपाईंको अहंकार कुनै मोलको कुरा रहेन । तपाईंको प्रतिष्ठा अब जोखिममा छैन । तपाईं एक जनाको अनुमोदनको लागि बाँचिरहनुभएको छ— त्यो प्रभु मात्रै हुनुहुन्छ ¤ त्यसकारण, पावलले लेख्न सके ः “हाम्रा प्रभु येशू ख्रीष्टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रुसमा झुण्ड्याइएको छ” (गलाती ६ः१४) । त्यसपछि आफ्नो मुख्य कुरा बुझाउन, उनले लेखे ; “किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ” (कलस्सी ३ः३) । यसकारण नयाँ जीवन जिउने एकमात्र उपाय भनेको क्रुसमा टाँगिएको जीवन जिउनु नै हो । आत्मिक भोजनः १ कोरिन्थी ७–९ मर्कुस १५ः१–११ भजन ५२ हितोपदेश २४ः३२–३४