Перейти к содержимому

Aajako Bachan 2026 Oct 11 || आफ्नो आर्थिक क्षेत्रमा परमेश्वरलाई सामेल गराउनुहोस् ||

MoH Nepal

0:00 / 0:00

Aajako Bachan 2026 Oct 11 || आफ्नो आर्थिक क्षेत्रमा परमेश्वरलाई सामेल गराउनुहोस् ||

3 907 просмотров · 10 часов назад
MoH Nepal
43,1 тыс. подписчиков
3 907 просмотров · 10 часов назад
आइतबार, ११ अक्टोबर, असोज २५ आफ्नो आर्थिक क्षेत्रमा परमेश्वरलाई सामेल गराउनुहोस् “हरेकले आफ्नो हृदयमा फैसला गरेबमोजिम देओस् ।” (२ कोरिन्थी ९ः७) परमेश्वर कि त छेउमा बसेर तपाईंलाई आर्थिक रूपमा संघर्ष गरिरहेको हेर्न सक्नुहुन्छ वा सक्रिय रूपमा तपाईंको आर्थिक साझेदार बन्न सक्नुहुन्छ । यो सबै कुरा तपाईं कस्तो खालको भण्डारे वा प्रबन्धक (जिम्मेवार व्यक्ति) हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । तपाईंको आर्थिक क्षेत्र जीवनको यस्तो पाटो हो, जहाँ तपाईंले आफ्नो स्वर्गका पितासँगको जीवन्त सम्बन्धको अनुभव गर्न सुरु गर्न सक्नुहुन्छ । तर यदि तपाईं आफ्नो आर्थिक क्षेत्रमा परमेश्वर सामेल भएको चाहनुहुन्छ भने, तपाईंले आफ्नो धनसम्पत्तिलाई परमेश्वरको इच्छा र कार्यमा लगाउनुपर्छ । “पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन् ।” (मत्ती ६ः३३) । यसको अर्थ तपाईंले दिनुपर्छ । तपाईंले उहाँले पहिले नै दिनुभएको कुराबाट सुरु गर्न सक्नुहुन्छ । यसको अर्थ तपाईंको अर्को महिनाको कमाइको केही हिस्सा वा तपाईंको कुल सम्पत्तिको केही भाग हुन सक्छ । उदारताको भावनाले तपाईंलाई जहाँ डो¥याउँछ, तपाईंले त्यतै कदम चाल्नुपर्छ । फेरि पनि, यो केही पाउनका लागि दिने कुरा होइन । यो त तपाईंको भित्र रहेको उदारताको भावनालाई रोकिराख्ने डरहरूलाई भगाउने कुरा हो । यो त परमेश्वरको योजनामा सहभागी हुन पाउनुको आनन्द र सम्पूर्ण थोकको मालिक नै मेरो जुटाउनुहुने (प्रबन्धक) हुनुहुन्छ भन्ने कुरा थाहा पाउँदा मिल्ने सुरक्षाको अनुभव गर्ने कुरा हो । जब तपाईं बीउ छर्नुहुन्छ (दान गर्नुहुन्छ), परमेश्वर अनौठो तरिकाले प्रकट हुनुहुन्छ । “परमेश्वर नै हुनुहुन्छ जसले किसानलाई बीउ र खानलाई रोटी दिनुहुन्छ । उहाँले नै तिमीहरूका श्रोत साधनहरू जुटाइदिनुहुने छ र ती बढाइदिनुहुने छ, अनि तिमीहरूमा उदारताको ठूलो फल उब्जाउनुहुने छ । हो, तिमीहरू हरेक कुरामा धनी बन्ने छौ ताकि तिमीहरू सधैँ उदार हुन सक” (२ कोरिन्थी ९ः१०–११) । जब तपाईंले प्रेमिलो स्वर्गका पिताको सिद्ध प्रबन्धको अनुभव गर्नुहुने छ, तब तपाईंका डरहरू आफैँ हराएर जानेछन् । निष्कर्षः यही हो की जब हामी आफ्नो धनसम्पत्तिमा लोभ नगरी उदारतापूर्वक परमेश्वरको काममा लगानी गर्छौँ, तब उहाँले हाम्रा सबै डरहरू भगाएर अभावहरू अलौकिक रूपमा मेटाइदिनुहुन्छ । आत्मिक भोजनः युहन्ना १४ः२६ प्रेरित २ः१–२१ रोमी ८ः२६