Wild Shiitake Mushroom Hunting in Nepal 🇳🇵 || मृगे/सिताके/काप्ले च्याउ
Red Village
0:00 / 0:00
Wild Shiitake Mushroom Hunting in Nepal 🇳🇵 || मृगे/सिताके/काप्ले च्याउ
423 просмотра · 3 г. назад
Red Village
4,14 тыс. подписчиков
423 просмотра · 3 г. назад
Wild Shiitake Mushroom Hunting in Nepal 🇳🇵 || मृगे/सिताके/काप्ले च्याउ
________******_______
के हो सिताके/मृगे/काप्ले च्याउ ?
________******_______
जापानी भाषामा कटुसको मुदामा फल्ने च्याउलाई "सिताके" भनिन्छ । सिई= कटुसको रुख,+ ताके= च्याउ अर्थात् कटुसको मुदाको च्याउ दुईवटा उच्चारणहरू मिलेर सिई + ताके एउटा वाक्य बन्दछ सिताके । तर जापानी भाषामा “ताके” मात्र भनेर च्याउ भनि बुझ्दैनन्, यसलाई “ किनोको ” KINOKO भनेपछि मात्र च्याउ भन्नेकुराको अर्थ लाग्दछ । नेपालमा यसलाई "सिताके" भनेर उच्चारण गरिन्छ भने वास्तवमा यसको सहि उच्चारण "सिईताके" हो । नेपालमा यस च्याउलाई मृग को जस्तो रंग र बुट्टेदार भएकोले यसलाई नेपालमा मिर्गेच्याउ पनि भन्ने गरिएको छ । पूर्वी रोल्पामा काप्ले मोः भन्ने गरिन्छ ।
नेपालको अधिकांश पहाड तथा हिमाली क्षेत्रको समुन्द्र सतह देखि करिब १५०० मिटर देखि ३००० मिटर उचाइमा पाइने रुखहरू विशेष गरी खुर्सु, कटुस, ऐसेलु लगायतमा यो च्याउ प्राकृतिक रुपमा बसन्त र ग्रीष्मकालीन मौसममा निस्कने गर्दछ । यी भेगका मानिसहरूले यो च्याउलाई परापूर्वकाल देखि यता निरन्तर एउटा स्वादिलो तरकारीको रुपमा सेवन गरिरहेको पाइन्छ । अन्य जंगली च्याउहरूको तुलनामा यो च्याउ मानव स्वास्थ्यको लागि कम हानिकारक रहेको पाइन्छ । प्रायः धेरै पर्वतीय बर्षा हुने जंगल (Rainforest)मा पाइने र यो क्षेत्रमा मानव वस्ती पातलो हुनाले पनि पर्यावरणीय रुपमा कम प्रदुषित ठाउँमा पाइने हुँदा यो च्याउमा बिषालुपन एकदमै कम हुन्छ ।
करिब ४०० वर्षदेखि सिताके (मृगे) च्याउ एउटा प्रसिद्ध परिकारको रूपमा एशिया महादेशमा रहँदै आएको छ । पहिले यस च्याउलाई औषधीको रूपमा प्रयोग गरिएको तथ्यहरु भेटिन्छ । यसमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्वहरु प्रसस्त मात्रामा हुनुको साथै क्यान्सर जस्ता डरलाग्दा रोगहरुसँग लड्नसक्ने शक्ति हुनु र स्वादमा पनि निकै मिठो हुन्छ ।
कृषि क्षेत्रमा हाल यसको मागहरु बढ्दै गइरहेको अवस्थामा, यो व्यवसाय हाल एशियाको जापान, चीन, मात्र सिमित नभई संसारका बिभिन्न देशहरूमा यसको माग दिनौं बढ्नुको साथै नेपाल लगायत दक्षिण एशियाई देशहरू भारत, श्रीलंका, बंगलादेश, र भुटानमा समेत यसको प्रभाव दिनों बढ्दै गइरहेको देखिन्छ ।
________******_______
सिताके च्याउका फाईदाहरु:
________******_______
क्यान्सर (अर्बुद्ध) रोगसंग लड्ने शक्ति प्राप्त हुने, मुटुको स्वास्थता बढाउने, शारिरीक शक्ति तथा स्मरण शक्ति बढाउने, Vitamin D को श्रोत, सिताके च्याउ मा अण्डा, माछा, मासुमा भन्दा अधिक प्रोटिन पाउनुका साथै हरियोसाग सब्जीमा पाइने Vitamins Minerals, Enzymes र Amino Acid हरु प्रशस्त मात्रामा पाईने हुनाले शारिरीक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भने अरुपनि असंख्य मात्रामा यस च्याउ बाट फाइदाहरू पाउन सकिने भएकोले विश्वमा अति नै प्रख्यात भएको कारण हुन ।
#Shiitake #ShiitakeMushrooms #Rolpa #Mirge #shitake #sitake #सिताके #Mushroom #Mushrooms #shiitakemushrooms #shiitake_mushroom, #सिताके_च्याउ
-------------
#RedVillage
------------ Thumbnail Design:------------
@Kumar Magar
/ @pagovlogs1
---------------------------------------------------------
▶▶▶ My Gears ◀◀◀
⏹ Mobile Camera:: OnePlus Nord 2 5G
⏹ Gopro Camera:: Hero 10 Black
⏹ Memory Card:: SanDisk Extreme 128 GB
⏹ Tri-pod + Handle Grip :: Ulanzi MT-09 Mini Extension pole for Gopro
⏹ Video Editing SW :: Filmora X
------------------------------------------
------------ Please ! Stay Connected with us:------------------
📧E-Mail: hiddenpage2017@gmail.com
💻️FACEBOOK: / jedojelbang
🖥️YouTube: / @redvillage
🌐Website: https://www.jedojelbang.com/
------------------------------------------------------------------------------------
Thanks for visit::
Hopefully
Red Village रातो गाउँ
©2023
------------------- ©Copyright Disclaimer:© -------------------
This Content is Copyright to RED VILLAGE. Any unauthorized reproduction, redistribution or re-upload is strictly prohibited of this material. Legal action will be taken against those who violate the copyright of the above presented materials.
📌[ Embedding to the websites is allowed. ]
------------------------------------------------------------------------------------