वनवासी कल्याण आश्रम दार्जिलिङ पुलबजार खण्ड समितिको संस्कृति कार्यक्रम
Bijanbari Pratidin बिजनबारी प्रतिदिन
0:00 / 0:00
वनवासी कल्याण आश्रम दार्जिलिङ पुलबजार खण्ड समितिको संस्कृति कार्यक्रम
122 просмотра · 5 дней назад
Bijanbari Pratidin बिजनबारी प्रतिदिन
857 подписчиков
122 просмотра · 5 дней назад
वनवासी कल्याण आश्रम दार्जिलिङ पुलबजार खण्ड समितिको आयोजनामा खण्ड अधिनस्त गोक दुई ग्रामको कोलबुङ निम्न वुनियादी पाठशाला प्राङ्गणमा एक दिवसीय जनजाति सांस्कृतिक आइतबार भव्यता साथमा सप्पन्न गरियो। कार्यक्रममा अखिल भारतीय वनवासी कल्याण आश्रमका संगठन मन्त्री अतुलजी जोग प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने उनीवाहेक जिल्ला खेलकुद प्रमुख फुल छिरिङ्ग लेप्चा, जिल्ला सचीव मधुकर मल्ल, जिल्ला उपसभापतिद्वय प्रेम बहादुर मल्ल तथा ज्ञानचन्द्र लामा, जिल्ला बिज्ञान मंच प्रभारी महिन्द्रा थापा, जिल्ला सगठन मन्त्री बलराम शर्मा, नगर प्रमुख रवीन्द्र राठी लगायत खण्डभरका बनबासी कल्याण आश्रयका प्रतिनिधि सगै सर्वसाधारणको बिशेश रूपमा उपस्थिति थियो।
कार्यक्रममा स्थानीय स्तरका जनजाति समुदायका कलाकारहरूले विशेष रूपमा आफ्नो सांस्कृतिक प्रस्तुतिहरु दिदै सस्कार तथा सस्कृतीको उजागर गरेका थिए।
यस्तै कार्यक्रममा उपस्थिति बक्ताहरुले जनजातिको वास्तविक महत्त्व दर्साउदै आफ्नो सस्कार सस्कृति भेषभुषा लगायतका परिचयात्मक बिषयबस्तुलाई कदापि भुल्नु नहुने बताए।