हाम्रा पापहरू क्षमा भएपछि, के प्रभुको पुनरागमन हुँदा उहाँले हामीलाई सीधै आफ्नो राज्यमा लैजानुहुनेछ?
सर्वशक्तिमान् परमेश्वरको मण्डली
0:00 / 0:00
हाम्रा पापहरू क्षमा भएपछि, के प्रभुको पुनरागमन हुँदा उहाँले हामीलाई सीधै आफ्नो राज्यमा लैजानुहुनेछ?
3 043 просмотра · 4 года назад
सर्वशक्तिमान् परमेश्वरको मण्डली
19,7 тыс. подписчиков
3 043 просмотра · 4 года назад
Nepali Sermon Series: Seeking True Faith | हाम्रा पापहरू क्षमा भएपछि, के प्रभुको पुनरागमन हुँदा उहाँले हामीलाई सीधै आफ्नो राज्यमा लैजानुहुनेछ?
विपत्तिहरू वृद्धि भइरहेका छन् र प्रभुलाई आकाशमा भेट्न उचालिने र आजको संसारको बढ्दो विपत्तिहरूबाट उम्कने चाहना गर्दै, सबै विश्वासीहरूले मुक्तिदाताको पुनरागमनको उत्कट रूपमा प्रतीक्षा गरिरहेका छन्। तिनीहरू के विश्वास गर्छन् भने, तिनीहरूका पाप प्रभु येशूमाथिको विश्वासद्वारा क्षमा भइसकेको हुनाले, प्रभुले तिनीहरूलाई अब उप्रान्त पापको रूपमा हेर्नुहुन्न, तिनीहरूसँग चाहिने जति सबै कुरा छ, र प्रभु आउनुभएपछि तिनीहरू सीधै उहाँको राज्यमा लगिनेछन्। तर धेरैलाई अन्योलमा पार्ने कुरा के हो भने, ठूला-ठूला विपत्तिहरू आइसकेका भए पनि, किन तिनीहरूले अझै पनि प्रभुलाई स्वागत गरेका छैनन्। पूर्वीय ज्योतिले मात्रै प्रभु केही समय पहिले नै सर्वशक्तिमान् परमेश्वरको रूपमा आइसक्नुभएको छ—उहाँले सत्यताहरू व्यक्त गर्नुहुन्छ र परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ, र उहाँले पहिले नै विपत्तिहरूभन्दा पहिले विजेताहरूको समूह निर्माण गरिसक्नुभएको छ भनेर निरन्तर गवाही दिइरहेको छ। धेरै विश्वासीहरूले यो कुरालाई विचार गर्न थालेका छन्: के पूर्वीय ज्योतिले गवाही दिने सर्वशक्तिमान् परमेश्वर साँच्चै नै फर्कनुभएका प्रभु हुनुहुन्छ? तर प्रभुमाथिको हाम्रो विश्वासद्वारा पहिले नै हाम्रा पापहरू क्षमा भइसकेका छन्, र उहाँले अब उप्रान्त हामीलाई पापीको रूपमा हेर्नुहुन्न, त्यसकारण उहाँको पुनरागमन हुँदा के उहाँले हामीलाई सीधै स्वर्गको राज्यमा लैजानुपर्ने होइन र? त्यसोभए परमेश्वरले किन आखिरी दिनहरूमा न्यायको कामको चरण पूरा गर्नु आवश्यक छ? यसका उत्तरहरू पत्ता लगाउनको लागि साँचो विश्वासको खोजीको यो भाग हेर्नुहोस्।
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।