प्रकाश खनालको संघर्ष, आत्मविश्वास र हार नमान्ने साहसको यो कथा अन्तिमसम्म हेर्नुहोस्।
Fdc Online Tv
0:00 / 0:00
प्रकाश खनालको संघर्ष, आत्मविश्वास र हार नमान्ने साहसको यो कथा अन्तिमसम्म हेर्नुहोस्।
815 просмотров · 3 нед. назад
Fdc Online Tv
200 тыс. подписчиков
815 просмотров · 3 нед. назад
जन्मँदै फरक क्षमता लिएर जन्मिएका प्रकाश खनालको जीवन संघर्ष, आत्मविश्वास र हार नमान्ने साहसको एउटा प्रेरणादायी कथा हो।
सानैदेखि अरूभन्दा फरक भएकै कारण उनले धेरैको वचन सुने, मजाक सहनुपर्यो र अनेकौँ चुनौतीको सामना गरे। प्रकाशका अनुसार कक्षा १० को अन्तिम परीक्षा आउनुभन्दा केही दिनअघि विद्यालयबाट निकालिए पनि उनले हार मानेनन्। फेरि परीक्षा दिने वातावरण बनाए, मेहनत गरे र कक्षा १० उत्तीर्ण गरेर देखाए।
उच्च शिक्षाको यात्रामा पनि आर्थिक अभाव उनको बाधा बन्यो। एक समय पढाइ रोक्नुपरे पनि उनले आफ्नो सपना छोडेनन्। आज उनी आईटी क्षेत्रमा चौथो वर्षको अन्तिम परीक्षाको तयारी गरिरहेका छन् र केही महिनापछि आफ्नो अध्ययन पूरा गर्ने लक्ष्यमा छन्।
पढाइसँगै उनी जिमलाई पनि निरन्तरता दिइरहेका छन्। आफूजस्ता फरक क्षमता भएका व्यक्तिहरूले पनि जिम गर्न सक्छन्, आफ्नो सपना पूरा गर्न सक्छन् र अवसर पाए देशलाई समेत चिनाउन सक्छन् भन्ने सन्देश दिन चाहन्छन् प्रकाश।
भविष्यमा लोकसेवामा प्रतिस्पर्धा गरेर जागिर खाने र समाजसेवामा लाग्ने उनको सपना छ।
“सक्दैनस्” भन्ने आवाजहरूका बीच पनि आफूले सक्छु भन्ने विश्वास लिएर अगाडि बढिरहेका प्रकाश खनालको यो संघर्षपूर्ण यात्रा धेरैका लागि प्रेरणा बन्न सक्छ।