Nepali Sermon Series | के परमेश्वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्ने कुरा साँचो हो?
सर्वशक्तिमान् परमेश्वरको मण्डली
0:00 / 0:00
Nepali Sermon Series | के परमेश्वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्ने कुरा साँचो हो?
3 127 просмотров · 4 года назад
सर्वशक्तिमान् परमेश्वरको मण्डली
19,7 тыс. подписчиков
3 127 просмотров · 4 года назад
Nepali Sermon Series: Seeking True Faith | के परमेश्वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्ने कुरा साँचो हो?
आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ। उहाँका वचनहरूको सङ्कलन, वचन देहमा देखा पर्नुहुन्छ अनलाइन उपलब्ध छ। यसले धार्मिक संसारलाई मात्रै होइन, सारा संसारलाई नै हल्लाएको छ। सत्यताको निम्ति तृष्णा गर्ने धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सत्यता हुन् र ती परमेश्वरको आवाज हुन् भन्ने देखेका छन्, उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने पहिचान गरेका छन् र तिनीहरू परमेश्वरको सिंहासनको अघि आएका छन्। तर धार्मिक संसारका धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सत्यता हुन्, ती शक्तिशाली र अख्तियारपूर्ण छन् भन्ने कुरालाई स्वीकार गरेका भए पनि, तिनीहरूले अझै पनि परमेश्वरका सबै काम र वचनहरू बाइबलमा नै छन्, र उहाँको कुनै वचन बाइबलभन्दा बाहिर पाउन सकिँदैन भनेर जिद्दी गरिरहेका छन्। तिनीहरूले सर्वशक्तिमान् परमेश्वरका काम र वचनहरू बाइबलभन्दा बाहिर जान्छन् भन्ने विचार गर्ने हुँदा, तिनीहरूले यसलाई इन्कार गर्छन् र दोष दिन्छन्, अनि यसको परिणाम स्वरूप तिनीहरूले विपत्तिहरूभन्दा पहिले प्रभुलाई स्वागत गर्ने मौका गुमाउँछन् र विपत्तिहरूमा पर्छन्। त्यसकारण, “परमेश्वरका सबै काम र वचनहरू बाइबलमा नै छन्, र उहाँको कुनै वचन बाइबलभन्दा बाहिर पाउन सकिँदैन” भन्ने विचारमा के गल्ती छ? साँचो विश्वासको खोजीको यो भागले तपाईंलाई सत्यताको खोजी गर्न, बाइबलको भित्री कथा जान्न र उत्तर पत्ता लगाउन अगुवाइ गर्नेछ।
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।