Nepali Sermon Series: Seeking True Faith | के प्रभु साँच्चै नै बादलको सवारीमा फर्कनुहुन्छ?
सर्वशक्तिमान् परमेश्वरको मण्डली
0:00 / 0:00
Nepali Sermon Series: Seeking True Faith | के प्रभु साँच्चै नै बादलको सवारीमा फर्कनुहुन्छ?
5 304 просмотра · 4 года назад
सर्वशक्तिमान् परमेश्वरको मण्डली
19,7 тыс. подписчиков
5 304 просмотра · 4 года назад
Nepali Sermon Series: Seeking True Faith | के प्रभु साँच्चै नै बादलको सवारीमा फर्कनुहुन्छ?
हामीले एकपछि अर्को विपत्ति आएको देखिरहेका छौं। विश्वासीहरूले प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ अनि तिनीहरूलाई यी विपत्तिहरूबाट मुक्ति दिन र तिनीहरूलाई स्वर्गको राज्यमा लैजानको लागि आकाशमा उठाई लैजानुहुनेछ भनेर आतुरका साथ प्रतीक्षा गर्दै आइरहेका छन्। तैपनि, विपत्तिहरू आइसकेका भए पनि, तिनीहरूले अझै पनि बादलमा आउनुभएका प्रभु येशूलाई स्वागत गरेका छैनन्। प्रभु येशू साँच्चै आउनुहुन्छ त भनेर धेरैले प्रश्न गरिरहेका छन् र असहज महसुस गरिरहेका छन्। तिनीहरूले आकाशतिर नियाल्दै प्रभु बादलमा आउनुहुन्छ भनेर प्रतीक्षा गर्दै बसिरहेका बेला, पूर्वीय ज्योतिले प्रभु फर्केर आउनुभएको छ र उहाँ देहधारी सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनेर गवाही दिँदै आइरहेको छ। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर सबै सम्प्रदायका धेरै मानिसहरूले ती सत्यता हुन् भनेर पहिचान गरेका छन्, तिनीहरूले परमेश्वरको आवाज सुनिरहेको महसुस गरेका छन्, र प्रभुलाई स्वागत गरेर सर्वशक्तिमान् परमेश्वरका अघि आएका छन्। अवलोकन गर्दै यस्ता प्रश्नहरू गर्ने मानिसहरू पनि धेरै छन्: के प्रभु साँच्चै नै बादलको सवारीमा नै फर्कँदैहुनुहुन्छ? प्रभु वास्तवमा कसरी आउनुहुनेछ, बादलको सवारीमा कि मानिसको पुत्रको रूपमा देहधारी भएर? साँचो विश्वासको खोजीको यो भागले तपाईंलाई यसको उत्तर दिनेछ।
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।