Перейти к содержимому

४८९.जन्तै नजा जन्तरे/हिरा भट्ट/बदमास नम्बर दुई/दिनेश पाण्डे/शार्दूलविक्रीडित छन्द

हिरा भट्ट 'बदमास नम्बर दुई' Hira Bhatta

0:00 / 0:00

४८९.जन्तै नजा जन्तरे/हिरा भट्ट/बदमास नम्बर दुई/दिनेश पाण्डे/शार्दूलविक्रीडित छन्द

2 320 просмотров · 10 месяцев назад
हिरा भट्ट 'बदमास नम्बर दुई' Hira Bhatta
3,5 тыс. подписчиков
2 320 просмотров · 10 месяцев назад
जन्तै नजा जन्तरे -------------------🇳🇵 हेर् हेर् हेर् न उता चुनावघरमा घोर्लेखसी बाँधियो जन्तीझैँ दलका सयौँ जुलुसको निम्तो कसैले दियो रक्सी जर्किनमा छ जाँड जगमा भान्से नि देखापरे जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे ।१। उस्तै छन् दुलहा उही छ दुलही के पो रहन्थ्यो कमी उस्तै गान बजान छन् बिगुल छन् उस्तै अगौतो लमी चालै पाइनँ पञ्चगव्य रङको के वस्तु पो मन्तरे जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे ।२। छन् सङ्केत ठुलै अमङ्गल हुने छिन् मौन मैना चरी गर्दैछन् चिल बाज आज नभमा सल्लाह नानाथरी दिन्छन् शीतलता अरे छल गरे किन्छन् सलाई हरे जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे ।३। खुर्पानी फल चाख्न खोज्छ मुखले रोपिन्छ रिट्ठो तर खोज्नैपर्छ किसानको हक भनी जुट्छन् मुसा बाँदर हाँस्दै जान्छु भनी अटेर नगरेस् पक्कै तँ रोलास् भरे जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे ।४। छाएझैँ किन लाग्छ अन्तु अपिमा सैपालमा मौनता छायाँ खप्तडमा तरङ्ग मुटुमा ॐकाव्यमा शारदा बाँडेको गुलियो प्रसाद विष हो खाँदै नखा जन्तरे जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे ।५। छन्द:शार्दूलविक्रीडित छन्द रचनाकार: हिरा भट्ट"बदमास नम्बर दुई" जन्मस्थल:पञ्चेश्वर-६,बैतडी