Перейти к содержимому

हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

0:00 / 0:00

हाम्रो विश्वासको उद्देश्य र लक्ष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

30 938 просмотров · 1 год назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
60,3 тыс. подписчиков
30 938 просмотров · 1 год назад
[मानव-जातिले लिनुपर्ने विश्वासको उद्देश्य नै हाम्रो आत्माको मुक्ति हो] मानव-जातिले परमेश्वरको भय मानेर परमेश्वरको शिक्षाअनुसार धार्मिक जीवन जिउनुपर्ने कारण नै परमेश्वरले प्रतिज्ञा गर्नुभएको अनन्त स्वर्गमा सदासर्वदा खुशी हुनको निम्ति हो । त्यसैले प्रेरित पावलले विश्वासको लक्ष्य अर्थात् आत्माको मुक्तिको निम्ति म अगि बढ्दछु भने । [जीवन र मृत्युका साँचाहरू लिनुभएका परमेश्वरले सिकाउनुभएको अनन्त जीवनको बाटो निस्तार-चाड] हामीलाई ‘आत्माको मुक्ति’ अर्थात् हाम्रो विश्वासको लक्ष्य प्रदान गर्न यस पृथ्वीमा शरीर धारण गरी दोस्रो पल्ट आउनुभएका आन साङ होङज्यूले ई.सं. ३२५मा हटाइएको नयाँ करार निस्तार-चाड पुनर्स्थापन गर्नुभयो । निस्तार-चाडविना परमेश्वरको पवित्र आत्मा हामीभित्र बास गर्न सक्दैन भन्ने शिक्षालाई पछ्याउँदै विश्वभरिका परमेश्वरको मण्डलीका सन्तानहरूले पवित्र रूपमा निस्तार-चाड मान्छन् । १ पत्रुस १:७-९ आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ । तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस् । … तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ । १ यूहन्ना ५:११ गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne