Перейти к содержимому

सद्भाव, एकता र विश्व शान्तिको सन्देशसहित ऐतिहासिक “साहित्यिक पदयात्रा २०८३” 🌿📚

KAJI GURUNG

0:00 / 0:00

सद्भाव, एकता र विश्व शान्तिको सन्देशसहित ऐतिहासिक “साहित्यिक पदयात्रा २०८३” 🌿📚

349 просмотров · 4 недели назад
KAJI GURUNG
3,59 тыс. подписчиков
349 просмотров · 4 недели назад
हिजो शनिवार, मुक्कुम्लुङ साहित्य प्रतिष्ठान, ताप्लेजुङको आयोजनामा पराजुली चोकदेखि सुकेटारसम्म ऐतिहासिक “साहित्यिक पदयात्रा २०८३” सम्पन्न भएको थियो। कवि तथा साहित्यकार श्री भरत कुमार गुरुङज्यूबाट उद्घाटन गरिएको यस पदयात्रामा कवि तथा साहित्यकार श्री चन्द्र मादेन ‘आन्छन’, लिटल बुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल श्री युवराज गिरीज्यू लगायत विभिन्न साहित्यप्रेमी तथा मित्रहरूले सहजीकरण गर्नुभएको थियो। पदयात्राका क्रममा सहभागी साहित्यप्रेमीहरूले आफ्ना कविता, गजल, गीत तथा विभिन्न साहित्यिक रचनाहरू वाचन गर्दै, गीत गाउँदै, रमाइलो गर्दै र ठट्यौली गर्दै यात्रा गरेका थिए। करिब १०० जना साहित्यप्रेमी तथा शुभेच्छुकहरूको सहभागिता रहेको यस यात्राले साहित्यसँगै सद्भाव, एकता र विश्व शान्तिको सुन्दर सन्देश दिएको थियो। ❤️ यसै क्रममा यात्रालाई अझ संगीतमय बनाउन मेरो बाँसुरीको धुनले पनि पदयात्रामा मिठास थपेको थियो। 🎶🪈 पदयात्रा सुकेटार पुगेपछि सामाजिक व्यक्तित्व श्री ओम प्रकाश राईज्यूको घरको सभाहलमा कार्यक्रमको समापन गरिएको थियो। समापन समारोहमा मुक्कुम्लुङ साहित्य प्रतिष्ठानका अध्यक्ष श्री मनिष हेल्लोकज्यूले सम्पूर्ण पदयात्री तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। विशेष कुरा, यो साहित्यिक पदयात्रा मार्निङ वाकसँगै गरिएको हुँदा साहित्य, मित्रता, मनोरञ्जन र स्वास्थ्यलाई एकैसाथ जोड्ने सुन्दर अवसर पनि बनेको थियो। यसले सहभागी सबैलाई शारीरिक तथा मानसिक रूपमा समेत सकारात्मक ऊर्जा प्रदान गरेको विश्वास लिएका छौँ। 🙏 साहित्य जोडौँ, समाज जोडौँ, सद्भाव फैलाऔँ। स्वस्थ रहौँ, सिर्जनशील बनौँ र विश्व शान्तिको सन्देश फैलाऔँ। 🌍🕊️ भिडियो मन परे Like 👍, Comment 💬, Share ↗️ र Subscribe 🔔 गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। #साहित्यिकपदयात्रा२०८३ #मुक्कुम्लुङसाहित्यप्रतिष्ठान #ताप्लेजुङ #साहित्य #पदयात्रा #विश्वशान्ति #सद्भाव #एकता #सुकेटार #पराजुलीचोक #KajiGurung #Flute #Bansuri #LiteraryWalk