हाम्रो देशमा कती वटा सम्म विश्वबिद्यालयहरु हुनुपर्ने हो ? (Prof. Binil Aryal, TU / 2 October 2026)
Binil Aryal - CDP
0:00 / 0:00
हाम्रो देशमा कती वटा सम्म विश्वबिद्यालयहरु हुनुपर्ने हो ? (Prof. Binil Aryal, TU / 2 October 2026)
697 просмотров · 2 недели назад
Binil Aryal - CDP
4,55 тыс. подписчиков
697 просмотров · 2 недели назад
UNESCO र SDG4 ले विश्वबिद्यालय स्थापना गर्ने आधार र मापदन्डहरु प्रस्तुत गरेको छ । नेपाल लगाएत संयुक्त राष्ट्र संघका सवै सदस्य राष्ट्रहरुले त्यस्मा हस्ताक्षर पनि गरेका छन । ति आधारहरु कुनै देशले मानेनन भने के हुन्छ ? नेपाल लगाएत भारत, चिन जस्ता देशहरुले 'एउटा विश्वबिद्यालय स्थापना गर्दा के के आधार खोज्दछन ?' त्यस्तै एउटा विश्वबिद्यालय हुनु भनेको के हो ? न्युनतम मापदन्डहरु के के हुन्छन ? हामी कहाँ आधा दर्जन भन्दा वढी विश्वबिद्यालयहरुमा विद्यार्थी भन्दा धेरै पदाधिकारीहरु छन । राज्यको लगानी अरबौ भइ सक्दा पनि, स्थापनाको १० वर्ष भइ सक्दा पनि पहिलो दिक्षान्त समारोह नभएका विश्वबिद्यालयहरु छन । मेडीकल विभाग सम्म नभएका विश्वबिद्यालयहरुले थुप्रै मेडीकल कलेजलाई समबन्धन दिएको इतिहास छ । हरेक सरकारले विश्वबिद्यालय स्थापना 'राजनैतिक अधिकार' जसरी लिएका छन । आशा गरौ वर्तमान सरकारले विश्वबिद्यालयको संख्या वढाउने छैन । बरु २२ को संख्यामा पुगेका बिश्वबिद्यालयहरु लाई १ दर्जन भित्र सिमित गर्नेछ । बरु लगानी वढाउने छ । हाल GDP को ०.३३% लगानी वाट कम्तीमा ०.६६% सम्म पुर्याउने छ । विश्वबिद्यालय स्थापनाका आधारहरु र एउटा विश्वबिद्यालयमा हुनुपर्ने न्युनतम गुणहरु वारे तथ्यान्क र सुत्रहरुमा आधारित रही चर्चा गर्न खोजेको छु ।