Перейти к содержимому

मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ | परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

0:00 / 0:00

मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ | परमेश्वरको मण्डली

33 320 просмотров · 2 года назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
59 тыс. подписчиков
33 320 просмотров · 2 года назад
[सबैभन्दा धेरै मानिसहरूलाई मार्ने वा बचाउने हतियार नै हाम्रो जिब्रो हो] असल कुरा छरियो भने असल परिणामको कटनी गरिनेछ, अनि दुष्ट कुरा छरियो भने दुष्ट परिणामको कटनी गरिनेछ । ४० वर्षको उजाड-स्थानको यात्रामा गनगनको बोली बोलेका इस्राएलीहरू नष्ट भएको इतिहास, र ठिटा दाऊद, शद्रक, मेशक र अबेद्नगोले अनुग्रहद्वारा भरिएको विश्वासको बोलीद्वारा परमेश्वरलाई प्रसन्न तुल्याएर ठूलो आशिष् प्राप्त गरेको इतिहासलाई हामीले याद गर्नुपर्छ । [मानव-जातिलाई मुक्तिमा डोऱ्याउने बोली, अर्थात् जीवनको बीउ छर्ने परमेश्वरको मण्डलीका सन्तहरू] आन साङ होङज्यू र माता परमेश्वरको शिक्षालाई पछ्याउँदै, परमेश्वरको मण्डलीका सन्तहरूले घरमा, मण्डली र समाजमा सधैँ असल कार्य र असल बोलीद्वारा सान्त्वना र समर्थन दिने गर्छन् । “अब फेरि मृत्यु नै नहुने, पीडा र कष्ट पनि नहुने स्वर्ग-राज्य छ” भनेर घोषणा गर्दै, हिजोआज उनीहरू जीवनको फिक्रीले दबिएर थकित भएका मानिसहरूलाई परमेश्वरको मुक्तिको खुशीको खबर बाँड्न जोशका साथ अगि बढिरहेका छन् । मत्ती १२:३५-३७ “असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ । म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ । किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne