Перейти к содержимому

परमेश्वरमा केन्द्रित हुने र ७ अरब प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

World Mission Society Church of God / Global

0:00 / 0:00

परमेश्वरमा केन्द्रित हुने र ७ अरब प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

15 890 просмотров · 4 года назад
World Mission Society Church of God / Global
145 тыс. подписчиков
15 890 просмотров · 4 года назад
परमेश्वरलाई आफ्नो धन बनाएमा अभिप्रायअनुसार कार्य निश्चित पूरा हुनेछ परमेश्वरको वचनअनुसार सारा संसारका मानिसहरूलाई मुक्तिको खबर सुनाउनको निम्ति हामी आफ्नै तरिकामा भर पर्नुभन्दा यहोशूलेजस्तै परमेश्वरमा केन्द्रित भएर विश्वासका साथ सुसमाचार सुनाउनुपर्छ । साथै बीच बाटोमा हरेस नखाने त्यस्तो विश्वासका साथ हामी अन्त्यसम्मै अगि बढ्नुपर्छ । परमेश्वरलाई आफ्नो धन बनाउने र परमेश्वरको अगमवाणी पूरा गर्ने ‘परमेश्वरको मण्डली’ सोलोमनसित धन-सम्पत्ति, प्रसिद्धि, सम्पूर्ण थोक थियो । तर अन्त्यमा उनले ‘सबै व्यर्थ हुन्’ भनी स्वीकार गरेजस्तै सांसारिक कुराहरूलाई नभएर परमेश्वरलाई आफ्नो धन बनाएका सबै मानिसहरू आशिषित भएका छन् । यस पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरलाई आफ्नो धन बनाउने मानिसहरूले आशिष् पाउनेछन् । उपदेशक १२:१३ अब सबै कुरा सुनिएका छन्– कुराको निष्कर्ष यही हो । परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर । किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो । यशैया १४:२४-२७ सर्वशक्तिमान् परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, “जो योजना मैले बनाएको छु, त्यो निश्चय नै पूरा हुनेछ । जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ ।” ... किनभने सर्वशक्तिमान् परमप्रभुले अभिप्राय राख्नुभएको छ, र कसले त्यसको खण्डन गर्न सक्छ ? उहाँको हात पसारिएको छ, र कसले त्यो फर्काउन सक्छ र ? [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com 〖नेपाली〗https://nepalwmscog.org/