लूका अध्याय ११ | प्रार्थनाको शक्ति र धार्मिक कपटको पर्दाफास! | Luke Chapter 11
Yatharth Anveshan
0:00 / 0:00
लूका अध्याय ११ | प्रार्थनाको शक्ति र धार्मिक कपटको पर्दाफास! | Luke Chapter 11
5 просмотров · 11 ч назад
Yatharth Anveshan
178 подписчиков
5 просмотров · 11 ч назад
📖 लूका अध्याय ११ | प्रार्थनाको शक्ति र धार्मिक कपटको पर्दाफास!
यस अध्यायमा प्रभु येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ। उहाँले माग, खोज र ढकढक्याउने व्यक्तिले पाउने शिक्षा दिनुहुन्छ। साथै मध्यरातमा साथीको ढोका ढकढक्याउने व्यक्तिको उदाहरणद्वारा निरन्तर प्रार्थनाको महत्त्व बुझाउनुहुन्छ।
यस अध्यायमा प्रभु येशूमाथि दुष्टात्माको शक्तिद्वारा काम गरेको आरोप लगाइन्छ। उहाँले त्यसको जवाफ दिनुहुन्छ र योनाको चिन्हबारे बताउनुहुन्छ। त्यसैगरी उहाँले शरीरको ज्योति, फरिसीहरूको कपट र व्यवस्थाका शिक्षकहरूको गलत व्यवहारमाथि कडा चेतावनी दिनुहुन्छ।
यस अध्यायबाट हामीले सिक्ने मुख्य कुराहरू:
साँचो र निरन्तर प्रार्थनाको महत्त्व।
माग, खोज र ढकढक्याउने विश्वास।
परमेश्वरबाट पवित्र आत्माको वरदान।
बाहिरी धार्मिकताभन्दा हृदयको शुद्धता महत्त्वपूर्ण हुनु।
कपट र अन्यायपूर्ण व्यवहारबाट टाढा रहनुपर्ने शिक्षा।
🙏 आउनुहोस्, परमेश्वरको वचन पढौँ, सुनौँ र आफ्नो जीवनमा लागू गर्ने प्रयास गरौँ।
📖 दैनिक बाइबल अध्ययन श्रृंखला 🎙️ Yatharth Anveshan
🙏 भिडियो मन परेमा Like, Share र Subscribe गरी साथ दिनुहोस्।
🙏 तपाईंहरूको सानो सहयोग केवल एउटा सहयोग मात्र होइन, परमेश्वरको वचन अझ धेरै मानिसहरूसम्म पुर्याउने यस सेवकाइमा तपाईंहरूको महत्वपूर्ण सहभागिता हो। तपाईंहरूले गर्नुभएको सानोभन्दा सानो सहयोग पनि व्यर्थ जानेछैन। तपाईंहरूको प्रार्थना र यो Like, Share तथा Subscribe रूपी सहयोगद्वारा तपाईंले आज कसैसम्म पुर्याउनुभएको यो वचन भोलि अर्को जीवनका लागि आशा र परिवर्तनको कारण बन्न सक्छ। तपाईंले छर्नुभएको यो सानो बीउ मलिलो माटोमा परेर ६० गुणा, १०० गुणासम्म फल फलाउने कारण बनोस्। यस वचनको यात्रामा साथ दिनुभएकोमा हृदयदेखि धन्यवाद। प्रभुले तपाईंहरू सबैलाई आशीष दिनुभएको होस्। आमेन! 🌱🙏
📖 Bible Source: Nepali TBS Bible (NBCI NEPAL App)
#Luke11 #LukeChapter11 #लूकाअध्याय११ #NepaliBible #NepaliBibleStudy #BibleReading #YatharthAnveshan #NepaliChristian