आन साङ होङज्यूको पवित्र जन्मको १०७औँ वार्षिकोत्सव | परमेश्वरको मण्डली
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
0:00 / 0:00
आन साङ होङज्यूको पवित्र जन्मको १०७औँ वार्षिकोत्सव | परमेश्वरको मण्डली
24 937 просмотров · 1 год назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
60,4 тыс. подписчиков
24 937 просмотров · 1 год назад
[परमेश्वर नआउनुभएसम्म कदापि जान्न नसकिने पाप-क्षमा र स्वर्गको बाटो]
परमेश्वर आउनुभएमा मात्र, मानव-जातिले जीवनको फलको सत्यता
जान्न सकी स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछन् ।
यसैको निम्ति येशूज्यू यो पृथ्वीमा आउनुभएको थियो,
यद्यपि मानिसहरूले उहाँलाई सताए र क्रूसमा टाँगे ।
साथै सन्तानहरूलाई बचाएर उद्धार गर्न
आन साङ होङज्यू यो पृथ्वीमा फेरि आउनुभयो ।
[मानव-जातिलाई बचाउन दोस्रो पल्ट
यो पृथ्वीमा आउनुभएका ख्रीष्ट आन साङ होङज्यू]
“उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, उत्सुकतापूर्वक
उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।”
यो वचनअनुसार आन साङ होङज्यू यो पृथ्वीमा आउनुभई,
मानव-जातिले गुमाएको नयाँ करार निस्तार-चाडको बारेमा सिकाउनुभयो,
राजा दाऊदको सम्पूर्ण अगमवाणी पूरा गर्नुभयो,
र स्वर्गीय यरूशलेम माता चिनाइदिनुभयो ।
जसले गर्दा आज परमेश्वरको मण्डलीका सन्तहरूले
सियोनमा स्वर्गको आशा लिन सकेका छन् ।
[हिब्रू ९:२७-२८]
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ,
र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि
धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो,
र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन,
तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne