दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
0:00 / 0:00
दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, आन साङ होङज्यू | आन साङ होङ
31 979 просмотров · 3 года назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
60,4 тыс. подписчиков
31 979 просмотров · 3 года назад
[आन साङ होङज्यू बाइबलद्वारा अगमवाणी गरिनुभएका
आत्मिक दाऊद, दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण]
प्रेरित यूहन्नाले सारा मानव-जाति नरकमा जानुपर्ने
दुःखद अवस्था प्रकाशद्वारा देख्दा तिनी रोए ।
तब धर्म-गुरुहरूमध्ये एक जनाले “भविष्यमा
दाऊदको मूलले, मोहोर लगाएर बन्द गरिएको
बाइबल खोल्नुभई मानव-जातिलाई बचाउनुहुनेछ” भने ।
हिजोआज, दाऊदको अगमवाणीअनुसार
३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर बाँकी रहेको
३७ वर्ष पूरा गर्नुभई, मोहोर लगाएर बन्द गरिएको
बाइबलको रहस्य नयाँ करार र स्वर्गीय माताबारे
जानकारी दिनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ ।
[सबै जातिहरू ओइरिएर आएको परमेश्वरको मण्डलीमा
प्रकट गरिएको परमेश्वरको योजना के हो ?]
बाइबलको रहस्य, दाऊदको मूलले मात्र खोल्न सक्नुहुने
भएकोले मानव-जातिले दाऊदलाई भेट्नैपर्छ ।
दाऊदको रूपमा आउनुभएका आन साङ होङज्यूले
क्षणिक जीवनका कुराहरूबारे होइनकि
अनन्त स्वर्गीय संसारबारे थाहा दिनुभयो ।
अनि उहाँले परमेश्वरको योजनाभित्र गुप्तमा रहनुभएकी
आत्मिक हव्वा, माता परमेश्वरको अस्तित्वबारे
जानकारी दिनुभयो । त्यसैले सारा जातिहरू माता परमेश्वर
वास गर्नुहुने परमेश्वरको मण्डलीमा ओइरिएर आइरहेका छन् ।
[प्रकाश ५:४-५]
कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने
योग्यको नपाइएको हुनाले म खूबै रोएँ । तब धर्म-गुरुहरूमध्ये
एक जनाले मलाई भने, “नरोऊ ! हेर, यहूदाका कुलको सिंह,
दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न
विजयी हुनुभएको छ ।”
[हिब्रू ९:२७-२८]
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ,
र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि धेरै जनाका
पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ
दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन,
तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne