डोल्पाको त्रिपुरासुन्दरी नपा ११ मा नाचिएको लहरे पैसेरु नाच जहाँ मेयर देखि जनताहरुको सामुहिक नाच ।
Saroj thapa
0:00 / 0:00
डोल्पाको त्रिपुरासुन्दरी नपा ११ मा नाचिएको लहरे पैसेरु नाच जहाँ मेयर देखि जनताहरुको सामुहिक नाच ।
230 просмотров · 11 месяцев назад
Saroj thapa
572 подписчика
230 просмотров · 11 месяцев назад
सबैलाई मेरो YouTube Channel मा हृदयदेखि हार्दिक स्वागत छ।
यहाँ, हामी तपाईंलाई देखाउनेछौँ—हिमालयको अनुपम सुन्दरता। त्यो सुन्दरता जहाँ पसिना, संघर्ष र हाँसो मिसिएर जीवन बगिरहेको छ।
यो भुइँमान्छेको कथा हो—भुइँमान्छे भएर, भुइँमान्छेसँगै बाँच्ने हाम्रो यात्रा।
तपाईं यहाँ देख्नुहुनेछ— उनीहरूको दैनिकी, खानपान, बोलीचाली र भेषभूषा, जस्ताको तस्तै। हिमाली जीवनशैलीको मिठास, पशु र प्रकृतिसँगको आत्मीय मितेरी। खोलानाला, झरना, तालतलैया, अनि अछूतो वनजंगलको सुगन्ध।
आउनुहोस्, हामीसँगै यात्रा गरौँ—कहिले हिमालको छेउमा लालिगुँरास टिपेर कानमा सजाऔँ, कहिले नौरङ्गी डाँफेसँग प्वाँक फिजाएर आकाशमा उडौँ। कहिले भैंसीगोठमा दूध दुही र खिर पकाऔँ, कहिले भेडीखर्कमा भेडा चराउँदै ठाडी भाका गुनगुनाऔँ। पाटनको हावामा चौरी डुलाउँदै, छुर्पीको स्वादमा हराऔँ।
यहाँ हामी शिक्षा, स्वास्थ्य, रोजगार र विकासका विषयहरूलाई पनि उजागर गर्नेछौँ। कहिले दुर्गम गाउँ–बस्तिका जीवनमा पुग्नेछौँ, कहिले मानिसहरूको प्रेरणादायी जीवनकथा सुनाउनेछौँ।
म केवल केही मिनेट माग्छु—म तपाईंलाई मेरो जीवनको एक अंश दिनेछु। तपाईंको खुशी नै मेरो चाहना हो। हेरेपछि, यस्तो सुन्दर मन भएका साथीहरूसँग यो भिडियो साझा गर्न नबिर्सनुहोस्—किनकि खुशी जति बाँड्छौँ, उति नै बढ्छ ❤️🙏❤️