मेरो आस्था तिमी/ Subash Bhattarai/ Official Video
Subash Bhattarai
0:00 / 0:00
मेरो आस्था तिमी/ Subash Bhattarai/ Official Video
26 просмотров · 3 дня назад
Subash Bhattarai
45 подписчиков
26 просмотров · 3 дня назад
Lyrics (Words by): Subash Bhattarai
Others : AI Generated
मेरो आस्था तिमी...
मेरो विश्वास तिमी...
मेरो आस्था तिमी, मेरो विश्वास तिमी
यो मेरो जीवनको सहारा हौ तिमी
मेरो हाँसो तिमी, मेरो खुसी तिमी
यो अन्त्यहीन बाटोको गन्तव्य हौ तिमी
यो मनमा कोरिएको छ तस्बिर तिम्रो
आशा छ मलाई, हुनेछ मिलन हाम्रो
हरेक पल आँखामा सजाउँछु तिमीलाई
हरेक साससँगै म चाहन्छु तिमीलाई
जति टाढा भए पनि, माया टाढा हुनेछैन
यो मनले रोजेको साथ कहिल्यै छुट्नेछैन
मेरो आस्था तिमी, मेरो विश्वास तिमी
यो मेरो जीवनको सहारा हौ तिमी
मेरो हाँसो तिमी, मेरो खुसी तिमी
यो अन्त्यहीन बाटोको गन्तव्य हौ तिमी
सूर्यको पहिलो किरणसँगै म तिमीलाई चुम्नेछु
सिउँदो तिम्रो यी हातले नै म सजाउनेछु
तिम्रो हात समाई जीवनभरि हिँड्नेछु
सुख-दुःख जे आए पनि तिम्रै साथ रहनेछु
तिमी नै सपना हौ, तिमी नै चाहना
तिमीमै भेटेँ मैले बाँच्ने बहाना
यो जीवन तिम्रो नाममा सजाउनेछु
जन्म-जन्म तिमीलाई नै माया गर्नेछु
मेरो आस्था तिमी, मेरो विश्वास तिमी
यो मेरो जीवनको सहारा हौ तिमी
मेरो हाँसो तिमी, मेरो खुसी तिमी
यो अन्त्यहीन बाटोको गन्तव्य हौ तिमी
मेरो आस्था तिमी...
मेरो विश्वास तिमी...
मेरो हाँसो तिमी...
मेरो खुसी तिमी...
यो अन्त्यहीन बाटोको...
गन्तव्य हौ तिमी...