परमेश्वरको शक्तिको साधन, प्रार्थना | परमेश्वरको मण्डली
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
0:00 / 0:00
परमेश्वरको शक्तिको साधन, प्रार्थना | परमेश्वरको मण्डली
28 794 просмотра · 2 года назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
58,9 тыс. подписчиков
28 794 просмотра · 2 года назад
चेलाहरूले उचालिनुभएको दिनद्वारा महसुस गरेको
परमेश्वरको शक्ति धारण गर्ने तरिका
येशूज्यू जैतून डाँडाबाट उचालिनुभएको
दृश्य देखेका चेलाहरूले, पवित्र आत्मा धारण नगरीकन
सारा संसारमा सुसमाचार प्रचार गर्न सकिँदैन भनेर महसुस गरे ।
यसरी उनीहरूले उचालिनुभएको दिनदेखि पेन्तिकोसको दिनसम्म
पहिलो झरी पवित्र आत्माको निम्ति बिन्ती गर्दै दश दिनसम्म गहिरो प्रार्थना गरे ।
उचालिनुभएको दिनदेखि पेन्तिकोसको दिनसम्म
परमेश्वरको मण्डलीका सन्तहरूले व्यग्रतापूर्वक
प्रार्थना गर्नुको कारण के होला ?
एलियाले कर्मेल डाँडामा ८५० जना झूटा अगमवक्ताहरूलाई
पराजित गर्दा पनि प्रार्थनालाई प्राथमिकता दिए ।
मानव-जातिको मुक्तिको निम्ति यस पृथ्वीमा आउनुभएका येशूज्यू,
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले हरेक दिन प्रभातको
प्रार्थनाद्वारा सुसमाचारको कार्य आरम्भ गर्नुभएर उदाहरण देखाइदिनुभयो ।
त्यसैले परमेश्वरको मण्डलीका सन्तहरूले पनि प्रार्थनाद्वारा
आत्मिक शक्ति प्राप्त गर्दै दिनको सुरुवात गर्छन् ।
मत्ती ७:७-८
“माग त तिमीहरूलाई दिइनेछ,
खोज त तिमीहरूले भेट्टाउनेछौ,
ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ ।
किनकि जसले माग्छ, त्यसले पाउँछ,
जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ,
त्यसको निम्ति ढोका उघारिनेछ ।”
मर्कूस ११:२४
“यसकारण म तिमीहरूलाई भन्दछु,
तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ
सो पाएका छौं भन्ने विश्वास राख,
र त्यो तिमीहरूको हुनेछ ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne