स्वर्गीय धन | परमेश्वरको मण्डली
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
0:00 / 0:00
स्वर्गीय धन | परमेश्वरको मण्डली
35 931 просмотр · 3 г. назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
60,3 тыс. подписчиков
35 931 просмотр · 3 г. назад
[परमेश्वरको मण्डलीले मान्ने नयाँ करार
(शबाथ-दिन, निस्तार-चाड)चाहिँ ‘Made in God’ हो]
परमेश्वरले सृष्टि गर्नुभएको मानव-जातिलाई
अझ मूल्यवान् बनाउने कुरा नै ‘नयाँ करार’ हो ।
स्वर्गका स्वर्गदूतहरूले पनि हेर्न लालसा गर्ने
स्वर्गको धन रहेको नयाँ करारको सत्यताचाहिँ
परमेश्वरले केवल स्वर्ग-राज्यलाई उत्तराधिकार गर्न सक्ने
स्वर्गीय प्रजाहरूलाई मात्र प्रदान गर्नुभएको छ ।
[‘अनन्त जीवन’को आशिष् पाएकाहरू मात्र
परमेश्वरले सृष्टि गर्नुभएको पूर्ण अस्तित्व बन्न सक्छन्]
परमेश्वरले ‘Made in God’ भन्नुभएको
निस्तार-चाडको रोटी र दाखमद्य खाएर, र पिएर
परमेश्वरको देह र रगत प्राप्त गरेका मानिसहरूले
पाप-क्षमा पाई परमेश्वरको सन्तान बन्न सक्छन् ।
आन साङ होङज्यू र माता परमेश्वर वास गर्नुहुने
सियोनमा अनन्त जीवनको आशिष् प्राप्त गर्न सकिन्छ ।
[यर्मिया ३१:३१-३३]
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्,
जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग
म एउटा नयाँ करार स्थापना गर्नेछु । ...
तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु,
र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु,
र म तिनीहरूका परमेश्वर हुनेछु,
र तिनीहरू मेरा प्रजा हुनेछन् ।”
[यहून्ना ६:५३-५४]
येशूले तिनीहरूलाई भन्नुभयो,
“साँच्चै, म तिमीहरूलाई भन्दछु, ...
मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ,
र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne