Nepali Sermon Series: Seeking True Faith | देहधारण भनेको के हो?
सर्वशक्तिमान् परमेश्वरको मण्डली
0:00 / 0:00
Nepali Sermon Series: Seeking True Faith | देहधारण भनेको के हो?
5 369 просмотров · 4 года назад
सर्वशक्तिमान् परमेश्वरको मण्डली
19,7 тыс. подписчиков
5 369 просмотров · 4 года назад
Nepali Sermon Series: Seeking True Faith | देहधारण भनेको के हो?
दुई हजार वर्ष पहिले, जब प्रभु येशू प्रचार गर्न र काम गर्न आउनुभयो, तब यहूदी धर्मका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरूले उहाँ साधारण व्यक्ति हुनुहुन्छ भन्ने निर्धारित गरे। तिनीहरूले प्रभु येशूलाई विरोध गर्न, दोष लगाउन, र निन्दा गर्नको लागि आफूले सक्ने जति सबै गरे, र अन्तिममा तिनीहरूले उहाँलाई क्रूसमा टाँगे अनि जघन्य अपराध गरे। आज, सर्वशक्तिमान् परमेश्वरले मानिसको पुत्रको रूपमा देखा परेर काम गर्नुहुन्छ, तैपनि धेरै जना मानिसहरूले देहधारी परमेश्वरको बारेमा जानेका छैनन्, सर्वशक्तिमान् परमेश्वरलाई साधारण व्यक्तिको रूपमा लिन्छन्, साँचो मार्गको अनुसन्धान गर्न मान्दैनन्, र सर्वशक्तिमान् परमेश्वरलाई पागलले झैँ दोष दिने र विरोध गर्ने गर्छन्, अनि यसरी परमेश्वरलाई फेरि क्रूसमा टाँग्ने अपराध गर्छन्। किन परमेश्वरको दुवै देहधारणलाई मानिसले दोष दिए र इन्कार गरे? किनभने मानिसहरूमा परमेश्वर सम्बन्धी ज्ञानको कमी छ, तिनीहरूले सत्यता के हो सो बुझ्दैनन्, र देहधारणको महान् रहस्यलाई बुझ्ने कुरा त परै जाओस्। त्यसो भए, देहधारण भनेको वास्तवमा के हो? हामीले देहधारणलाई कसरी बुझ्नुपर्छ? साँचो विश्वासको खोजीको यो भागमा, हामी देहधारणको रहस्यलाई बुझ्न हामी सँगै सत्यताको खोजी गर्नेछौं।
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।