किन आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ? | परमेश्वरको मण्डली, आन साङ होङ
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
0:00 / 0:00
किन आन साङ होङज्यू नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ? | परमेश्वरको मण्डली, आन साङ होङ
86 491 просмотр · 2 года назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
60,4 тыс. подписчиков
86 491 просмотр · 2 года назад
"वचनद्वारा ज्योति सृष्टि गर्नुभएर सम्पूर्ण थोकहरू बनाउनुभएका सर्वशक्तिमान् परमेश्वर दोस्रो पल्ट यस पृथ्वीमा आउनुभयो । १,९०० वर्षसम्म सुकेको अञ्जीरको रूख[इस्राएल]का हाँगाहरू कलिला भएर रूखले पालुवा फेरेको सन् १९४८मा ख्रीष्टले कोरियामा आउनुभएर सुसमाचार प्रचार गर्न थाल्नुभयो ।
किनकि इस्राएलका अगमवक्ताहरूले अगमवाणी गरेको
पृथ्वीको पल्लो छेउको देश, कोरिया मात्र हो ।
ख्रीष्टले हाम्रो मुक्तिको निम्ति कष्टलाई रोज्नुभयो ।
तर हामीले जीवनको भोजनभन्दा पनि शरीरको भोजनको चाह गऱ्यौं ।
“येशूज्यूले दिनुभएको जीवनको करार, ‘तिमीहरूले मेरो देह खायौ
र मेरो रगत पियौ भने तिमीहरूमा जीवन हुनेछ ।’ योभन्दा ठूलो चमत्कार छैन ।”
जीवनको भोजन नै ख्रीष्टको देह र रगत हो ।
“लेओ, खाओ, यो(निस्तार-चाडको रोटी) मेरो शरीर हो ।” मत्ती २६:२६
“यो(निस्तार-चाडको दाखमद्य) नयाँ करारको मेरो रगत हो,
जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:२७-२८
हामीलाई बचाउनको निम्ति नयाँ करार निस्तार-चाड लिएर ख्रीष्ट दोस्रो पल्ट आउनुपर्थ्यो ।
ख्रीष्टले स्वर्ग फर्कनअघि चाहनुभएको कुरा एउटा मात्र थियो ! त्यो हो यहाँहरूको मुक्ति !
ख्रीष्ट यस पृथ्वीमा नआउनुभएको भए हामीले प्रेम के हो भन्ने थाहा पाउनेथिएनौं ।
ख्रीष्टले कष्ट नभोग्नुभएको भए हामीले बलिदान के हो भन्ने थाहा पाउनेथिएनौं ।
यदि ख्रीष्ट स्वर्गमै रहिरहनुभएको भए हामीले उहाँलाई चिन्नेथिएनौं ।
हामीलाई बचाउन दोस्रो पल्ट आउनुभएका ख्रीष्टलाई हामी प्रेम गर्छौं ।
तपाईंले सुन्नुभयो त ? ख्रीष्टले तपाईंको हृदयको ढोका ढकढक्याउनुभएको सुन्नुभयो ?
ख्रीष्टले तपाईंलाई प्रेम गर्नुहुन्छ । तपाईंलाई अनन्त जीवन दिन चाहनुहुन्छ ।"
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne